Breaking News

कुमकुम भाग्यकी प्रज्ञालाई बेस्ट एक्ट्रेस टेली अवार्ड

Feb Tue 2020 05:40:41

1661 views

कुमकुम भाग्यकी प्रज्ञालाई बेस्ट एक्ट्रेस टेली अवार्ड

हिन्दी टेलिसिरियल कुमकुम भाग्य भारतमा मात्र नभई नेपालमापनि उत्तिकै लोकप्रिय छ । भारतीय टिभी च्यानल जी टिभीबाट सोमवारदेखि शुक्रवारसम्म राती नेपाली समय ९ बजेबाट प्रशारण हुँदैआएको ‘कुमकुम भाग्य’मा औधी मन पराइएका पात्र हुन् प्रज्ञा ।  ‘कुमकुम भाग्य’ सिरियलकी मुख्य पात्र प्रज्ञाको वास्तविक नाम श्रीती झा हुन् । नेपाल तथा भारतका टेलिभिजन दर्शकहरुको धडकन बन्न सफल भएकी श्रीती सप्तरीकै छोरी हुन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ ।   उनी  सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्वर–१ निवासी हाल काठमाण्डौ मित्रपार्क निवासी मिथिलेश कुमार झा एवम् रीता झाकी सुपुत्री । kum kum bhagya

भारतमा अध्ययनकै क्रममा अवसर पाउँदै टेलिसिरियलहरुमा चम्किएकी श्रीती ‘बेस्ट एक्ट्रेस टेली अवार्ड’बाट सम्मानित भएकी छिन् ।  बुवाको कार्यक्षेत्र काठमाण्डौ रहेका कारण श्रीती काठमाण्डौ स्थित मोडर्न इण्डियन स्कूल चौभारबाट माध्यमिक शिक्षा प्राप्त गरेकी हुन् । सानैदेखि नाचगान र अभिनयमा विशेष रुची राख्दैआएकी उनले दिल्ली युनिभर्सिटीबाट ग्रेजुएसन गरेकी छिन् ।  २८ वर्षिया श्रीतीले ‘धुम मचालो धुम’मा मालिनी शर्मा, ‘जिया जले’मा सुनैना, ‘ज्योती’मा सुधा÷देवीका, ‘सौर्या और सुहानी’, मीठी छुरी नम्वर–१, ‘रक्तसम्बन्ध’मा सन्ध्या÷बृन्दा, सौभाग्यवती भवः, ‘बालिका बधु’मा गङ्गा र हाल ‘कुमकुम भाग्य’मा प्रज्ञाको भूमिका निभाउँदै आएकी छिन् । मिथिला संस्कारमा हुर्किएकी उनी बङ्गाली भाषीसँग विवाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?