Breaking News

लौ अचम्म ! मान्छेको मस्तिष्क डाउनलोड गर्न मिल्छ ?

Feb Tue 2020 05:40:27

697 views

लौ अचम्म ! मान्छेको मस्तिष्क डाउनलोड गर्न मिल्छ ?

जापानी मूलका अमेरिकी भौतिकशास्त्री मिचियो काकु

वैज्ञानिकहरूका अनुसार हाम्रो मस्तिष्क भनेको स्नायुहरूको समूह हो । हाम्रो मस्तिष्कले गर्ने कामहरू जम्मै ती स्नायुहरूमा हुने विद्युत आदानप्रदान तथा रासायनिक प्रतिक्रियाहरूमा आधारित हुन्छन् । यसको मतलब हाम्रो शरीरका विभिन्न अंगहरूको संचालन मात्र नभई हाम्रो स्मृति, हामीले प्रस्तुत गर्ने उद्वेग, यहाँसम्म कि हाम्रो चेतना पनि केवल स्नायुहरू भित्र हुने रासायनिक प्रतिक्रिया तथा विद्युतीय तरङ्गहरूको आदानप्रदान हो ।

त्यसो भए कुनै डिजिटल चलचित्रलाई एउटा पेनड्राइभमा राखेर स्टोर गरेजस्तै हाम्रो चेतनालाई पनि कम्प्युटर चिपमा स्टोर गरेर राख्न सकिन्छ ? ताकि हाम्रो व्यक्तित्व सधैंका लागि स्टोर गर्न सकियोस् ? पक्कै पनि यस्तो हुन सकेको अवस्थामा हामी ‘अमर’ हुने थियौँ । के यो सम्भव छ ?

जापानी मूलका अमेरिकी भौतिकशास्त्री डा. मिचियो काकुका अनुसार यो पूर्ण रूपमा असम्भव छ नै भन्न त सकिन्न, तैपनि हाम्रो जीवनकालमा सायद यस्तो हामी देख्न पाउँदैनौँ ।

‘पहिलो प्रश्न, हामी को हौँ ?’ बिग थिङ्क नामक एक इन्टरनेट फोरमले निर्माण गरेको २ मिनेट लामो एक भिडियोमा काकु भन्छन्, ‘यदि मसित एउटा यस्तो टेप रेकर्डर हुन्छ, जसमा केही मात्रामा बौद्धिकता रहन्छ र त्यसले मैले जस्तो तरिकाले कुनै प्रश्नको जवाफ दिन्छु, त्यस्तै तरिकाले जवाफ दिन्छ भने के त्यो टेप–रेकर्डर म हुँ त ? यदि त्यस टेप–रेकर्डर बिस्तारै जटिल हुँदै गयो र मेरो व्यक्तित्व, मेरा अन्य गुणहरू पनि अति सूक्ष्म रूपमा केलाउँदै लिन सकियो भने त्यस्तो अवस्थामा के हुन्छ ? म यहाँ छु, म ‘म’ हुँ । तर म यहाँ एउटा टेप–रेकर्डर लिएर बसेको छु, जसले मैलेजस्तै व्यवहार गर्छ, मैले जुन तरिकाले कुनै कुरा अथ्र्याउँछु, त्यो कुरालाई त्यस्तै तरिकाले अथ्र्याउँछ । तर, त्यो रेकर्डर ‘म’ त पक्कै होइन ! कि हो ? के हामी स्नायुहरूको एक समूह मात्र हौँ, जसमा एउटा विशेष कोडसहित कुनै विशेष प्रोग्राम रहन्छ ?’

अहिलेसम्म विज्ञानको विकास यतिसम्म भइसकेको छैन कि यो प्रश्नको सिधा र ठोस प्रमाणसहित सबैलाई चित्तबुझ्दो उत्तर दिन सकियोस् । तर, हाम्रो व्यक्तित्व र स्मृतिलाई कुनै कम्प्युटर चिपमा स्टोर गर्न सकिँदैन नै भन्न चाहिँ नमिल्ला । यद्यपि, यो कामको लागि हामीले अपेक्षा गरेभन्दा निकै लामो समय लाग्ने धारणा काकुको रहेको छ ।

मस्तिष्कभित्रका स्नायूहरूको चित्र

सक्न त सकिन्छ ?

‘सूचनाहरूलाई डिजिटाइज मात्र गर्ने हो भने सजिलो हुन्छ । हामी सूचनाहरूलाई स्क्यान गरेर कम्प्युटरमा स्टोर गर्न त सक्छौँ,’ काकु जवाफ दिन्छन्,’ तर, महत्वपूर्ण कुरो के छ भने हाम्रो दिमागमा सिक्न सक्ने क्षमता हुन्छ । हामी नयाँ विचारहरूमा भिज्न सिक्छौँ, हामी नयाँ कार्य गर्न सिक्छौँ, हामी नयाँ कुराहरू सिक्छौँ । र, त्यसलाई कुनै कम्प्युटरले नक्कल गर्न सक्षम बनाउनको लागि निकै कठिन हुनेछ । त्यसैले व्यक्तिगत रूपमा भन्नुपर्दा हाम्रो जीवनकालमा यस्तो भएको देख्छौँ जस्तो मलाई लाग्दैन ।’

इमुल्याङ्कनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?