Breaking News

इन्भेष्टमेन्ट बैंकले २० प्रतिशत बोनश र २१ प्रतिशत नगद दिने

Feb Tue 2020 05:40:25

266 views

इन्भेष्टमेन्ट बैंकले २० प्रतिशत बोनश र २१ प्रतिशत नगद दिने
नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले गतबर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ४१ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । बैंकले २० प्रतिशत बोनश शेयर तथा २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्षमा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश राष्ट् बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउने छन् । बैंकले प्रस्ताव गरेको बोनश वितरणपश्चात इन्भेष्टमेन्ट बैंक आठ अर्ब चुक्तापूँजी पुर्याउने पहिलो बैंक समेत बन्नेछ ।   हाल बैंकको ७ अर्ब २५ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । बोनश वितरण पश्चात बैकको चुक्तापूँजी ८ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडाकोषमा १० अर्ब ५५ करोड रुपैयाँ रहको छ । चुक्ता पूँजी, जगेडा कोष र निक्षेप संकलनको हिसावले नेपाल ईन्भेष्टमेन्ट बैक निजि बैंकहरुमा अग्रणी सावित भएको छ । नेपाल राष्ट्र बैकले तोकेको चुक्ता पूँजी पुगिसकेको भए पनि एक अर्ब भन्दा बढी चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकलाई किनेर आफुमा मिलाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?