Breaking News

यूट्यूबबाट कसरी भिडियो डाउनलोड गर्ने ?

Feb Tue 2020 05:40:50

1259 views

यूट्यूबबाट कसरी भिडियो डाउनलोड गर्ने ?
यूट्यूबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिन्छ । त्यसका लागि तल भनेबमोजिम गर्नुस् । १. आफ्नो स्मार्टफोनमा यूट्यूब एप खोल्नुस् २ एपमा कुनै पनि भिडियो खोल्नुस् ३. टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ‘डाउनलोड’ बटन देख्नुहुनेछ । यदि भिडियोको रचनाकारले यसलाई डाउनलोड गर्ने अनुमति दिएको छ भने मात्रै यो बटन देखिन्छ । ४. डाउनलोडमा थिच्नुस् र त्यसपछि तुरुन्तै भिडियो डाउनलोड हुन थाल्छ । यसलाई तपाईं मन लागेको समयमा हेर्न सक्नुहुन्छ । कसरी यूट्यूब भिडियो डाउनलोड गर्ने ? विन्डोज, म्याकओएस र लिनक्समा यूट्यूब भिडियो डाउनलोड गर्नका लागि एउटा फ्री एप छ जसलाई फोर के (4k) भिडियो डाउनलोडर भनिन्छ । यसले कुनै पनि भिडियो डाउनलोड गर्न सकिन्छ । तलका आदेशहरु अनुशरण गर्नुस् : १. 4k भिडियो डाउनलोडर डाउनलोड गर्नुस् २. आफूले डाउनलोड गर्न चाहेको भिडियोमा जानुस् । आफ्नो ब्राउजरको एड्रेसबारबाट त्यसको यूआरएल कपी गर्नुस् ३. 4k भिडियो डाउनलोडर खोल्नुस र हरियो पेस्ट लिंक बटनमा क्लिक गर्नुस् । ४. अब एपले भिडियोलाई टुक्र््याउनेछ र तपाईंलाई केही प्रतिवद्धताहरु गर्न लगाउनेछ । ५. ब्राउजमा क्लिक गर्नुस् र भिडियो कहाँ सेभ गर्ने हो छनोट गर्नुस् । त्यसपछि डाउनलोडमा क्लिक गर्नुस् । ६. अब एपले भिडियो डाउनलोड गर्नेछ । भिडियोलाई फुृल रिजोलुसनमा डाउनलोड गर्ने यो सर्वोत्तम तरिका हो । अन्य विकल्पहरुमा जाँदा तपाईंल ७२० पिभन्द्या ठूलो रिजोलुसनमा डाउनलोड गर्न सक्नुुहुन्न । वेबसाइट प्रयोग गरेर भिडियो डाउनलोड यदि तपाईंले एपबाट यूट्युब भिडियो डाउनलोड गर्न सक्नुभएन भने वेब ब्राउजरबाट पनि गर्न सक्नुहून्छ । यी कदमहरु चाल्नुस् ः १. भीडीयूट्यूब खोल्नुस २. भिडियोको यूआरएललाई कपी र माथिको ठूलो र्फममा पेस्ट गर्नुस् । ३. ‘गो’ मा क्लिक गर्नुस् ४ डाउनलोड बटनमा क्लिक गर्नुस ५. आफूले चाहेको फर्म्याट छनोट गर्नुस् । त्यसपछि भिडियो डाउनलोड हुन थाल्नेछ । ६. आफूले चाहेको फर्म्याट छनोट गर्नुस् र त्यसपछि भिडियो डाउनलोड हुन थाल्नेछ । यो विधिले तपाईं ७२० पी भिडियोहरु बिना झन्झट डाउनलोड गर्न सक्नुहुनेछ । योभन्दा माथिको रिजोलुसन छनोट गर्नुभयो भने अडियो बिना भिडियो मात्रै डाउनलोड हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?