Breaking News

हिन्दु राज्य नराखेपछि काठमाडौंमा रक्तपात मच्चाउने मोदीको यस्तो प्लानको खुलासा

Feb Tue 2020 05:40:38

416 views

हिन्दु राज्य नराखेपछि काठमाडौंमा रक्तपात मच्चाउने मोदीको यस्तो प्लानको खुलासा

Modiकाठमाडौं, यदि भारतीय सत्ता पक्ष, मधेसी मोर्चा र डा. बाबुराम भट्टराई तथा पद्यरत्न तुलाधर समूहको योजना अनुसार आन्दोलन उठ्यो भने नेपालले अबको केही महिना अझ ठूलो संकट झेल्नुपर्नेछ । रोचक संयोग त के छ भने यो डिजाइनको पछाडि धेरै खाले स्वार्थहरु गाँसिएका छन् ।

यी स्वार्थ पूरा गर्नका लागि नेपालको राजधानी काठमाडौंमा कम्तिमा एक दर्जन मान्छेको ज्यान जानेगरी साम्प्रदायिक हिंसा चर्काउने भित्री खेल भइरहेको स्रोतको दाबी छ । उच्च स्रोतहरुका अनुसार काठमाडौंमा साम्प्रदायिक दंगा नहुन्जेल मधेसी मोर्चासँगको वार्ता सुल्झिने सम्भावना छैन । नेपाल इतिहासमै सबैभन्दा ठूलो संकटपूर्ण क्षणबाट गुज्रिरहेको अवस्थामा अबका दिनहरु झनै चुनौतिपूर्ण रहेको प्रमुख नेताहरुले देखिसकेका छन् ।

तर, जनतामा निराशा र भड्का आउन सक्ने भयले अहिले सबै नेताहरु तै चुप मैं चुपको अवस्थामा छन् । एउटा सत्य कुराचाँहि के हो भने भारतले लगाएको नाकाबन्दी अझै केही महिना हट्नेवाला छैन । मधेसी मोर्चासँगको वार्ता मोर्चाले मागेका सबै माग पूरा गरे पनि अहिले आन्दोलन रोकिनेवाला छैन । किनकी मधेस आन्दोलन नेपाललाई भुटानीकरण गर्ने भारतको अन्तिम प्रयत्न हो । यो प्रयत्न सफल बनाउन प्रमुख तीन दल र तत्कालीन संविधानसभाले सहयोगी भूमिका नखेलेका कारण रुष्ट भएको भारतले सुरुमा मधेसी र पछिल्लो समयमा असन्तुष्ट आदिवासी जनजाति तथा बाबुराम समूहलाई समेत नेपालविरुद्ध प्रयोग गर्न खोजेको छ ।

अहिले भन्नलाई जे भनिए पनि बिजेपी नेतृत्वको सरकारको एकमात्र चाहना नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भन्ने नै हो । यस मामिलामा नेपालका नेताहरुले आफूलाई धोका दिएको नरेन्द्र मोदीले केही ठाउँमा बताइसकेको चर्चा छ । नयाँ दिल्ली जाने नेताहरुर मोदीसँग नेपालमा भेट्ने नेताहरुले संविधानमा हिन्दु राज्य राख्ने आश्वासन दिएको उच्च स्रोतहरुको दाबी छ ।

सिधै हिन्दु राज्यको कुरा गर्दा नेपालमा आफ्नो रणनीति सफल नहुने बुझिसकेको भारतीय सत्ताले चलाखीपूर्वक अब तीनवटा खेल खेल्न लागेको उच्च स्रोतहरुको दाबी छ । मधेस आन्दोलन अझै चर्काउन जति पैसा लगानी गर्नुपरे पनि नछाड्ने, नाकाबनदी अझै कडाई गर्ने र अन्तर्राष्ट्रिय समुदायलाई देखाउन केही नाकाबाट औषधी, प्याज र गोलभेडाका केही गाडी छिर्न दिने तर, इन्धन छिर्न नदिएर हाहाकार बनाउने भन्ने छ । तेस्रो रणनीति भनेको काठमाडौंमै मान्छे मार्ने खालको साम्प्रदायिक दंगा मच्चाउने भन्ने रहेको छ । यसका लागि बाबुराम भट्टराईको कथित नयाँ शक्ति, पद्यरत्न तुलाधर आङकाजी शेर्पा प्रवृत्तिका केही जनजाति समूह र अन्य असन्तुष्टहरुलाई ठूलो लगानी गरेर मान्छे उतार्ने र प्रहरीलाई दमन गर्न बाध्य पार्ने रणनीति बनेको सुरक्षा स्रोतहरुको दाबी छ । अाजकाे साँघु साप्ताहिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?