सामाजिक सञ्जाल चलाउन दर्ता गराउनुपर्ने, कहाँ दर्ता गर्ने ?
Feb Wed 2020 02:40:40
999 views
काठमाडौँ – सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ ।
सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारले जुनकुनै बेला पनि रोक लगाउन सक्नेछ ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा तयार पारिएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफा ५६ मा प्रत्येक सरकारी निकाय र सार्वजनिक संस्थाले वेबसाइट सञ्चालन गर्नुपर्ने र वेबसाइटको सञ्चालन, डिजाइन र विकाससम्बन्धी मापदण्ड मन्त्रालयले तोकबमोजिम हुने उल्लेख छ ।