Breaking News

आइफोन ७ को ब्याट्री ब्याकअप कमजोर, सर्वत्र आलोचना

Feb Wed 2020 02:40:50

487 views

आइफोन ७ को ब्याट्री ब्याकअप कमजोर, सर्वत्र आलोचना

आइफोन ७ रिलिज हुनेबित्तिकै यसको कमजोर ब्याट्रीका कारण आलोचनाको शिकार भएको छ। प्रयोगकर्ता तथा ग्याजेट समीक्षकहरुले अन्य फोनभन्दा यसको ब्याट्रीलाइफ कमजोर भएका कारण यस्तो आलोचना गरेका हुन्।

मुख्य प्रतिस्पर्धी फोनहरु, सामसुङ ग्यालेक्सी एस ७, एचटिसी १० र एलजी जी ५ भन्दा आइफोन ७ को ब्याट्रीलाइफ निकै छोटो भएको बेलायतमा गरिएको एक सर्वेक्षणमा जनाइएको छ।

आइफोन ७ को ब्याट्रीलाइफ १२ घण्टा हुँदा ग्यालेक्सी एस ७ को झण्डै २४ घण्टा तथा एचटिसी १० को ३१ घण्टा भएको जनाइएको छ।

द गार्जियन, ट्रस्टेड रिम्युज, आदिले पनि आइफोन ७ को ब्याट्रीका बारेमा सोही प्रकारको टिप्पणी गरेका छन्। आइफोन ७ को ब्याट्री मात्र १९६० एमएएच भएकोले यसको प्रदर्शन कमजोर रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?