Breaking News

चक्र बिष्टको चौथो एल्वम सम्बन्ध चिनारीको

Feb Tue 2020 05:40:47

337 views

चक्र बिष्टको चौथो एल्वम सम्बन्ध चिनारीको

-साधना बस्नेत

chhk

ताप्लेजुंग जिल्ला आम्बेगुदीनदेखि काठमाडौं हुदै हाल अमेरिकामा रहेका चक्र विष्टकोको चौथो एल्बम सम्बन्ध यती मात्र होइन  सार्वजनिक भएको छ ।   गायक शिव बस्याल, संगीतकार प्रदीप सुवेदी, निर्देशक हिमाल सागर, सम्पादक प्रदीप दाहाल रहेको सम्बन्ध एल्वममा चक्र विष्ट र सपनाले अभिनय गरेका छन् भने यो एल्वमलाई  Spar क्रियसन प्रा.लि ले बजारमा ल्याएको छ । एल्वम छायांकनमा रेशम दर्लामी र म्युजिक संयोजन पुरुषेतम न्यौपानेको रहेको छ । 

[embedyt] http://www.youtube.com/watch?v=6I5SlnbeqxI[/embedyt]appar chakra

हामी नेपाली जहाँ रहेपनि गौरवशाली भने झैं कलाकारीता क्षेत्रमा छुटै पहिचान गराउने उदय ताराको रुपमा चिनिएका छन् चक्र बिस्ट । अति मिलनसार स्वभावका धनी गाउ घर देखि नै नृत्य गर्न रुचाउने र नृत्यकार क्षेत्रलार्इ निरन्तरता दिदै आफ्नो पढाई आम्बेगुदीनको रजा उच्च माविमा माध्यमिक तहको पढाई पुरा गरि काठमाडौँ गरेका विष्ट नेपाली कला संगीत क्षेत्रमा लागि परेका छन् । ताप्लेजुंग जिल्ला आम्बेगुदीनदेखि काठमाडौं हुदै हाल अमेरिकामा रहेका चक्र विष्टले नेपाली कला संगीत क्षेत्रलाई जहाँ भए पनि माथि उठाउने काममा गीत संगीतलाई नै रोजेका छन् । नेपालीपनको कला संस्कृतिको भावहरुलाई गीत संगीतको माध्यमबाट माथि उठाउने अभियानमा चक्र बिस्टको पहिलो एल्बम बाध्यताले जादै छु परदेश ,दोस्रो एल्बम राष्ट्रिय गित स्पर्श नेपाल हाम्रो, तेसो एल्बम मन को मलम  बैसाख १२ को भूकम्प र चौथो एल्बम सम्बन्ध यती मात्र होइन भर्खर सार्वजनिक भएको हो । कतै नेपाली टेलिशृङ्खला तीतोसत्यमा समेत अभिनय गरिसकेका विष्टले गीत संगीतको माध्यमबाट नेपाललाई विश्वभर चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली गीत संगीतमा नवीनता दिनुपर्दछ जहाँ हाम्रो मौलिकता र स्वाभिमान हुन्छ, नेपाली कला संगीतको क्षेत्रमा नवीनता खोज्दा कही कतै  हाम्रो मौलिकता गुम्नुहुदैन । आफ्नो कला संगीतको नेपाली मौलिक पन नै हाम्रो चिनारी हो । पूर्व मेचीेदेखि पश्चिम महाकालीसम्म हजारौं मौलिकपन रहेका छन् । जसलाई हामीले कला संगीतको माध्यमबाट बाहिर ल्याउनुपर्दछ र यसलाई आम नेपालीहरुले माया गरिदिए मात्र पुग्ने चक्र बिष्टको सन्देश रहेको छ । ck bista जहाँ भए पनि हामी नेपाली भएर हाम्रो राष्टियतालाई विश्वभर पुर्याउनुपर्दछ भन्ने सुमधुर आवाजका धनी चक्र बिष्टको अभियानको सफलताको कामना हाम्रो तर्फबाट पनि । सयौ हजारौ होइन लाखौ नेपालीहरुको मनको ढुकढुकीमा विष्टको मौलिक नेपालीपनको गीत संगीत रहन सकोस् हामी सबैको शुभेच्छा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?