Breaking News

मोबाईलबाटै यसरी खिच्न सकिन्छ डिएसएलआर क्यामराकै जस्तै फोटो

Feb Tue 2020 05:40:54

1093 views

मोबाईलबाटै यसरी खिच्न सकिन्छ डिएसएलआर क्यामराकै जस्तै फोटो
तपाईको स्मार्ट फोनबाटै डिएसएलआर क्यामराले खिच्ने जस्तै उत्कृष्ट क्यावालीटीको फोटो पनि खिच्न सकिन्छ । डिएसएलआर क्यामरा सबै सँग नहुन पनि सक्छ त्यस्तो अवस्थामा स्मार्टफोनबाट फोटोग्राफी गर्न सकिन्छ । त्यसको लागि गूगल प्ले स्टोरबाट विभिन्न एप्सहरुको मद्दत लिएर डिएसएलआर क्यामेराको जस्तै क्वालिटी भएको फोटो लिन सक्छौं । गूगल प्ले स्टोर सजिलै प्राप्त गर्न सकिने एप्स र एप्सका फिचरहरु- Camera Zoom FX: क्यामेरा जुम एफएक्स एपको साइज ५ एमबी छ । यो क्यामेरा जुम एफएक्स एपमा फिचर्सको बारेमा कुरा गर्दा डीप जुम,स्लाइडर शट,एचडी कोलेज जस्ता फिचर्स समाबेश छन् । यसको सहयोगले एकदमै राम्रा तस्बिरहरु लिन सकिन्छ । Camera Connect & Control: यदि तपाई फोटोग्राफीको सौखिन हुनुहुन्छ र आफ्नो स्मार्टफोनबाट उत्कृष्ट फोटो तयार गर्न चाहनुहुन्छ भने तपाइले यो एप्स डाउनलोड गर्न सक्नहुन्छ । एपको साइज ६.४ एमबी छ । यसले तपाइको स्मार्टफोनको क्यामेरालाई कन्ट्रोल गर्छ । Adobe Photoshop Lightroom CC: मोबाइलबाट उत्कृष्ट फोटोग्राफीको लागि यो एडब फोटोसप लाइटरुम सिसिको मद्दत लिन सकिन्छ ।  यसको साइज ५७ एमबी छ । यसकारण यसलाई वाई-फाई नेटवर्कमा डाउनलोड गर्न उपयुक्त हुन्छ । VSCO: यो एपबाट पनि उत्कृष्ट फोटोग्राफी गर्न सकिन्छ । यसको मद्दतमा फोटोहरुको क्वालिटी डिएसएलआर बाट लिएको फोटो जस्तै बनाउन सकिन्छ । यो एपले फोटो क्वालिटी बढाउँछ , एपमा एडीटीङ र अन्य धेरै स्पेशल इफेक्ट्स दिइएको छ । यसको साथमा सोशल मिडिया शेयारिङ अप्सन पनि दिइएको छ । यदि तपाईलाई फोटोग्राफीको सौख छ भने तपाईलाई अवश्य पनि यो उपयोगी हुन् सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?