Breaking News

दिव्यश्वरी हाइड्रोको आइपियो बाँडफाँड, ८७ हजार आवेदकलाई गोलप्रथाबाट १० कित्ता र १ लाख लगानीकर्तालाई ११ कित्ता मात्र

Feb Tue 2020 05:40:49

307 views

दिव्यश्वरी हाइड्रोको आइपियो बाँडफाँड, ८७ हजार आवेदकलाई गोलप्रथाबाट १० कित्ता र  १  लाख लगानीकर्तालाई ११ कित्ता मात्र

दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरमा अधिक मात्रामा शेयर आवेदन परेका कारण यस अघि नै कसरी बाँडफाँड गर्ने भन्ने अन्यौलता देखिएको शेयरका आवेदकले बढीमा ११ कित्ता शेयर पाउने सम्भावना छ । ८७ हजार रुपैंयासम्मका आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर पाउने छन् भने त्यस भन्दा माथिका १ लाख सम्मका आवेदकले अनिवार्य रुपमा ११ कित्ता शेयर पाउने सम्भावना छ ।

इक्रा नेपालले इक्रा रेटिंग ४ दिएको कम्पनीको संस्थापकसँग १९ लाख ८० हजार कित्ता शेयर रहेको छ । हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर विक्री गरेको हो । यस क्रमममा कम्पनीले स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरिसकेको छ ।

साधारण शेयर निष्काशन पश्चात हाइड्रोको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्ने हाइड्रोका अध्यक्ष क्याप्टेन डि आर निरौलाले जानकारी दिए । उनका अनुसार ४ मेगावाट क्षमताको दिव्यश्वरी हाइड्रोले निकट भविष्यमा नै व्यवशायिक रुपमा विद्युत उत्पादन गरि बिक्रि बितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?