Breaking News

मुटुकाे चालदेखि समुन्द्रकाे छालसम्म नाप्ने एप्पलकाे घडी

Feb Tue 2020 05:40:57

874 views

मुटुकाे चालदेखि समुन्द्रकाे छालसम्म नाप्ने एप्पलकाे घडी

एप्पल कम्पनीले अचम्मका र अपत्यारिलो लाग्ने विशेषता सहितके घडी ल्याउने भएको छ । एप्पल वाच ब्राण्डमा निकै अनौठो विशेषता सहितको घडी बजारमा ल्याउन लागेको हो ।

घडीमा मुटुको चालदेखि समुन्द्रका छालसम्म नाप्ने यन्त्र जडान गरिएको छ । त्यतिमात्रै होइन, फोन उठाउने र ईन्टरनेट चलाउनेदेखि गीत सुन्न र गीतका अक्षर पढ्न समेत मिल्ने विशेषता उक्त घडीमा रहेको छ ।

यसमा भएको माइक्रोफोन र स्पीकरको सुविधाले आफ्नो फोनमा आएका कल यसबाटै उठाउन सकिन्छ ।यसमा भएको ट्याप्टिक इन्जिनका कारण घडिमा भाइब्रेट हुन्छ र फोन आएको थाहा पाउन सकिन्छ ।

एप्पल वाचमा आफ्नो आइफोनको नोटिफिकेशन हेर्न सक्ने सुविधा पनि छ । आइफोनका हरेक नोटिफिकेशन वा आफूूले चाहेको नोटिफिकेशन एप्पल वाचमा पठाउन सकिन्छ । यो सुविधाले नोटिफिकेशन हेर्न पटक पटक आइफोन आफ्नो गोजीबाट झिकिरहनुपर्ने वाध्यताबाट मुक्ति मिल्छ ।

घडी लगाउने व्यक्तिको प्रत्येक शारीरिक गतिविधि, कसरत गरेको समय तथा बसेर बिताएको समय पनि यसले ट्रयाक गर्छ । यसमा भएको शारीरिक गतिविधि ट्रयाक गर्ने एप्लिकेशनमा मुटुसँग सम्बन्धित अभ्यासहरु जस्तै दौडने, साइक्लिङ तथा अरु शारीरिक अभ्यासका बारेमा जानकारी राख्ने सुविधा छ ।

घडीको छेउमै हुने क्राउन थिचेपछि एक्टिभेट गर्न सकिने सिरिले महत्वपूर्ण मिति तथा सूचना लिन सकिन्छ । यसले मौसमबारे जानकारी पनि दिन्छ ।

घडीमा उबर, साजम, वी च्याट, इस्टाग्राम जस्ता एप्लिकेशन एप्पल वाचमा राख्न सकिन्छ । इन्स्टाग्राम एप्लिकेशनबाट फोटोहरु हेर्न तथा लाइक पनि गर्न सकिन्छ ।

यस्तै वी च्याटबाट भ्वाइस रिप्लाई गर्न र स्टिकर पठाउन मिल्छ । यसका लागि प्रयोगकर्ताले एप्पल वाच एप्लिकेशन डाउनलोड गर्नुपर्नेछ । तर, यो एप्लिकेशन आइ ओ एस ८.२ मा मात्रै उपलब्ध छ ।

एप्पल वाच ३ वटा संस्करणमा ल्याउने कम्पनीको तयारी छ । कम्पनीले रेगुलर मोडल, एप्पल वाच स्पोर्ट र  एप्पल वाच इडिसन बजारमा ल्याउन लागेको हो । अप्रिल २४ तारिखदेखि अस्ट्रेलिया, चीन, हङकङ, फ्रान्स, जर्मनी, जापान, अमेरिका तथा बेलायतमा एप्पल वाचको बिक्री खुल्ला गरिने कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?