चीनमा १ हजार ७ वटा रोबोटले एकसाथ एउटै नाच नाचेर गिनिज बुकमा नाम लेखाएका हुन् ।गिनिज बुकमा नाम लेखाउनका लागि रोबोटहरु पूरै एक मिनेटसम्म नाचे ।त्यसरी किर्तिमानी नाच देखाउने रोबोटहरु सबै एउटै आकारका थिए । सबैको उचाई १९ इन्च थियो र सबैलाई एउटै मोबाइल फोनबाट नियन्त्रण गरिएको थियो ।
सुरुमा नाच्नका लागि १ हजार ४० वटा रोबोटलाई मैदानमा उतारिएको भएपनि केही नाच्दै ननाचेका कारण सुरुमै आउट भए र केहीले बीचमै नाच बिगारेपछि अयोग्य ठहर गरी निकालियो । कुल १ हजार ७ वटा रोबोटले भने पूरै एक मिनेट एउटै नाच प्रस्तुत गरेर किर्तिमान राखे ।
https://youtu.be/3otrUaWcLYU