Breaking News

मालामाल हुन यी ४ वाणिज्य बैंकको शेयरमा लगानी गर्नुहोस्

Feb Tue 2020 05:40:16

454 views

मालामाल हुन यी ४ वाणिज्य बैंकको शेयरमा लगानी गर्नुहोस्

राष्ट्र बैंकले २०७२ सालमा जारी गरेको मौद्रिक नीति अनुसार ‘क’ बर्गका बाणिज्य बैंकहरुले ८ अर्ब रुपैयाँ, राष्ट्रिय स्तरमा संचालन हुने विकास बैंकहरुले २ अर्ब ५० करोड रुपैयाँ, ४ देखि १० वटा जिल्लामा संचालन हुने विकास बैंकहरुले १ अर्ब २० रुपैयाँ र १ देखि ३ वटा जिल्लामा संचालन हुने विकास बैंकहरुले  ५० करोड रुपैयाँ न्युनतम पुजी पुर्याउनु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी  राष्ट्रियस्तर साथै ४ देखि १० जिल्लामा संचालन हुने बित्तिय संस्थाहरुले ८० करोड रुपैयाँ र १ देखि ३ वटा जिल्लामा संचालन हुने बित्तिय संस्थाहरुले ५० करोड रुपैयाँ उल्लेख गरिए अनुसार अपुग पूँजीलाई अनिवार्य रुपमा बढाउने पर्ने हुन्छ । प्रायः आम लगानीकर्ताहरु पनि बढी बोनस तथा हकप्रद शेयर दिने कम्पनीमा लगानी गर्ने ट्रेन्ड रहेको छ । मौद्रिक नीतिका कारण नै थुप्रै बैंक तथा बित्तिय संस्थाहरुले आ–आफ्नो पूँजी वृद्धि गर्ने योजना नेपाल राष्ट्र बैंक समक्ष पेश गरिसकेका छन् ।  हेरौं यि प्रमुख ४ वाणिज्य बैंकले कसरी पूँजी वृद्धि गर्ने योजना बनाएका छन् र तपाईं कसरी मालामाल हुनसक्नु हुन्छ ।

१. हिमालयन बैंक लिमिटेड

नेपालकै सबै भन्दा पुरानो र उत्कृष्ट बैंकको रुपमा चिनिने हिमालयन बैंकले राष्ट्र बैंकको आदेशको पालना गर्दै २ बर्ष भित्रनै बोनस र हकप्रद शेयर मात्र जारी गरी चुक्ता पूँजी ८ अर्ब पुर्याउने योजना बनाइ सकेको छ । बोनस र हकप्रद शेयर मात्रै वितरण गरी ८ अर्बको पूँजी वृद्धिको योजनाले पक्कै पनि बैंकको सबलता र सक्षमतालाइ छरलङ्गै झल्काउँछ । हिमालयन बैंकले आर्थिक बर्ष २०७१/७२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि ३५ प्रतिशत बोनस शेयर वितरण गरी शेयरधनीहरुको बैंकप्रतिको बिश्वासलाई कायम नै राख्न सफल भएको छ । त्यसैगरी आगामी बर्षहरुमा पनि अर्थात २०७३ को अन्तिममा बैंकले लगभग २३ प्रतिशतको बोनस शेयर र ७४ को अन्त्यमा २५ प्रतिशतको बोनस शेयर र १५ दशमलव ६४ प्रतिशतको हकप्रद शेयर जारी गरेर ८ अर्ब चुक्ता पुजी पुर्याउने योजना अघि सारेको छ ।

हिमालयन बैंकले ३ बर्षको अवधि अर्थात २०७२ साल देखि २०७४ सम्ममा  कुल ८३ प्रतिशत बोनस शेयर र १५ दशमलव ६५ प्रतिशत हकप्रद शेयर दिने घोषणा गरेको छ । यदि कोहि लगानीकर्ताले १ हजार कित्ता यो बैंकको शेयर खरिद गर्नु भएको छ भने कुल ३ बर्षको बोनस शेयर र एक पटक वितरण हुने हकप्रद शेयर गरी कुल १ हजार १ सय १६ कित्ता थप प्राप्त गर्न सक्छन ।

२. प्रभु बैंक लिमिटेड

थोरै समयमा नै धेरै उपलब्धि हात पार्न सफल प्रभु बैंकले आफ्नो ८ अर्ब पूँजी पर्याप्तताका लागि योजना बनाइ सकेको छ । प्रभु बैंकको अधिकृत पूँजी १० अर्ब रहेको छ ।

हालै प्रभु बैंकले नेपाल बिकाश बैंकको खरिद  र ग्राण्ड बैंकको मर्जरलाइ टुंगो लगाएसंगै, ६४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निस्काशन गरेर पूँजी वृद्धि योजनामा उल्लेख गरे अनुसार २०७३ सालको अन्त्य सम्ममा चुक्ता पुजी  ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैया पुर्याउने छ ।  त्यसैगरी २०७४ मा बैंकले २५ प्रतिशतको हकप्रद शेयर र सोहि बर्षको खुद मुनाफाबाट लगभग ९ प्रतिशतको बोनस शेयर पनि वितरण गरी ८ अर्ब न्युनतम पुजी पुर्याउने योजना सार्वजानिक गरेको छ ।

प्रभु बैंकले ३ बर्षको अवधिमा अर्थात २०७२ को अन्तिम देखि २०७४ को अन्तिमसम्ममा आफ्ना शेयरधनीहरुका लागि कुल ४५ प्रतिशत हकप्रद शेयर र ९ दशमलव २७४५ प्रतिशतको बोनस शेयर दिने योजना बनाएको छ ।  हकप्रद शेयर भनेको कम्पनीले पूँजी बढाउनका लागि  फेरी आफ्ना लगानीकर्तासंग रकम संकलन गर्ने हुँदा प्राय यस्ता प्रकारका निस्काशनलाई  प्रतिफल मानिदैन । यदि कोहि लगानीकर्ताले प्रभु बैंकको १ हजार कित्ता शेयर खरिद गरेका छन् भने २०७२ देखि २०७४ को अन्तिम सम्ममा ४५ हजार रुपैया बराबरको ४५० कित्ता हकप्रद शेयर र १३४ कित्ता बोनस शेयर थप प्राप्त गर्न सक्ने देखिन्छ ।

३. नबिल बैंक लिमिटेड

नेपालको बैंकिग क्षेत्रमै सबैभन्दा अनुभवी, पुरानो, नामी र सर्वाेत्कृष्ट बैंकको रुपमा नबिल बैंकलाई आजको दिनमा लिईन्छ । सबैभन्दा पुरानो मात्र नभइ बजारमै सबै भन्दा दरो पकड र बित्तिय रुपमा पनि एकदमै मजबुत नबिल बैंकलाई मानिन्छ । राष्ट्र बैंकको  ८ अर्ब न्युनतम पूँजी पर्याप्तताको आदेश जारी भएसंगै यसलाई पूर्णता दिन नबिल बैंक पनि लागि परेको छ ।

नबिल बैंकले पनि आफ्नो पूँजी वृद्धि योजना नेपाल राष्ट्र बैंकलाई बुझाइ सकेको छ । नबिल बैंकको हालको पूँजी वृद्धि योजना अनुसार २०७२ को अन्तिममा आफ्ना शेयरधनीहरुका लागि ३० प्रतिशत बोनस शेयर, त्यसैगरी ७३ सालको अन्त्यमा पनि ३० प्रतिशत बोनस शेयर र २०७४ सालको अन्तिममा पनि ३० प्रतिशत नै बोनस शेयर प्रदान गरेर चुक्ता पूँजी ८ अर्ब पुर्याउने योजना रहेको छ ।

नबिल बैंक लिमिटेडले २०७२ साल देखि २०७४ सम्म, हरेक बर्ष आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर प्रदान गरी कुल ९० प्रतिशत बोनस शेयर वितरण गर्ने छ । यदि कोहि लगानीकर्ताले यो बैंकको १ हजार कित्ता शेयर खरिद गर्नु भएको छ भने ३ बर्षमा ९ सय कित्ता थप  बोनस शेयर प्राप्त गर्न सकिन्छ ।

४. नेपाल एसबीआइ बैंक लिमिटेड

भारतको स्टेट बैंक ओफ इंडियाको सबैभन्दा ठुलो लगानीमा स्थापना भएको नेपाल एसबीआइ बैंक, वर्तमान अवस्थामा नेपालकै सबै भन्दा पुरानो र उत्कृष्ट बैंकको रुपमा चर्चित छ ।

सबै भन्दा पुरानो र सफल बैंकको रुपमा लगानीकर्ताहरुको मनमा बसिसकेको यो बैंकले एकल रुपमा आफ्नो अपुग चुक्ता पूँजीलाई ८ अर्ब पुर्याउने योजना सार्वजनिक गरिसकेको छ । नेपाल एसबीआइ बैंकको पूँजी वृद्धि योजना अनुसार आर्थिक बर्ष २०७१/७२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २७ प्रतिशतको बोनस शेयर प्रदान गर्ने घोषणा गरिसकेको छ ।

त्यसैगरी २०७३ सालको अन्तिममा २७ प्रतिशतको बोनस शेयर र आर्थिक बर्षको २०७४ को अन्तिममा २२ दशमलव ४३ प्रतिशतको बोनस शेयर दिने बैंकको योजना रहेको छ । नेपाल एसबीआइ बैंकको मुख्य प्रोमोटरको रुपमा रहेको स्टेट बैंक अफ इंडियाको हकमा ५५ प्रतिशत, नागरिक लगानी कोषको हकमा १५ प्रतिशत र सर्वसाधारणको हकमा ३० प्रतिशत कायम गर्न र चुक्ता पूँजीलाई यहि हिसाब सन्तुलित बनाउन, बैंकले ६८ लाख रुपैया बराबरको एफपीओ निष्काशन गर्ने निर्णय गरेको छ । संगसंगै लगभग २४ दशमलव ६३ प्रतिशतको हकप्रद शेयर पनि  निस्काशन गर्ने बैंकले योजना रहेको छ ।

बैंकले राष्ट्र बैंकलाई पेश गरेको पूँजी वृद्धि योजनाका अनुसार बोनस शेयर निष्काशनको समय तय गरेको भएपनि एफपीओ र हकप्रद शेयरको निष्काशन मिति भने हालसम्म निश्चित भएको छैन् ।

नेपाल एसबीआइ बैंकले २०७२ देखि २०७४ सम्म अर्थात ३ बर्षमा कुल मिलाएर आफ्ना लगानीकर्तालाइ ७६ दशमलव ४८ प्रतिशत बोनस शेयर र  २४ दशमलव ६३ प्रतिशत हकप्रद शेयर दिने योजना रहेको छ । मानौ कुनै लगानीकर्ताले नेपाल एसबिआइ बैंकको १ हजार कित्ता शेयर खरिद गर्नु भएको छ भने हकप्रद र  बोनस शेयर मात्र गरी  ३ बर्षमा थप १  हजार १ सय ९८ कित्ता प्राप्त गर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?