Breaking News

ह्याकिङ आफैमा अपराध होइन, यसको सोसल ट्रेण्ड बुझाउन जरुरी छ -दिपेश

Feb Tue 2020 05:40:56

797 views

ह्याकिङ आफैमा अपराध होइन, यसको सोसल ट्रेण्ड बुझाउन जरुरी छ -दिपेश
१७ वर्षिय दिपेश कँडेल आफूलाई इथिकल ह्याकरको प्रोफाइल बनाउन खोजिरहेका छन् । उनी हाल भरतपुर–६, गीतानगरको  श्री अमरज्योती इंग्लिस बोर्डिङमा कक्षा १० मा पढ्दैछन् ।  दिपेश गुगलमा ह्याकिङ ट्रिक्सहरुको खोजी गर्छन् । ह्याकिङ सिकाउने वेबसाइटहरु भिजिट गर्छन् र भविष्यमा सेक्युरिटी एक्सपर्ट बन्न चाहन्छन् । नेपालको साइबरस्पेस जोगाउने र भोलीको सुरक्षित डिजिटल नेपालका लागि काम गर्ने  उद्देश्य दिपेशले लिएका छन् तर यसका लागि उनलाई साइवर सेक्युरिटीमा अगाडी बढ्ने राम्रो सपोर्ट र प्लेटफमको खोजीमा  छन् । नेपालमा मानिसहरु अझै पनि ह्याकिङ शब्द सुन्ने बित्तिकै अपराध भन्ने बुझ्छन् । जसका कारण यस क्षेत्रमा लाग्न समाज र कानूनबाटै केही बाधा व्यवधान भइरहेको दिपेश बताएँछन् । नेपालमा धेरैजसो सरकारी कार्यालयका साइटहरु ह्याकिङको अबस्था छ । जसमा सेक्युरिटी इमर्जेन्सी रेस्पोन्सका खाँचो छ तर अहिले नाम मात्रको सेक्युरिटी इमर्जेन्सी टिम छ  । जसले क्वीक रेस्पोन्स गर्न सकिरहेको छैन ।  नेपाल सरकारले साइट ह्याकलाई सामान्य घटनाको रुपमा लिइरहेका छन् तर यो नेपालका लागि भविष्यमा ठूलो दुर्घटना हो दिपेश भन्छन् ।  मुख्य कुरा भनेकै नेपालीहरु लाई  ह्याकिङबारे केही जानकारी  छैन । साइट ह्याक हुनुभन्दा अघि नै सेक्युरिटी अडिट गर्न दियो भने   साइटको सुरक्षा हुन्छ । अनि सरकारले साइबर  सेक्युरिटी सम्बन्धी  पब्लिक अवेयरनेशका प्रोग्रामहरु गरे केही सुधार हुन सक्छ । नेपाल अहिले विस्तारै डिजिटाइज हुने क्रममा छ । पासपोर्ट,  लाइसेन्सजस्ता सरकारी कामहरु अन्लानमा आधारित हुँदै छ । प्राइभेट सेक्टर पनि अनलाइनमै फोकस भएर आइरहेका छन् । अनलाइनमा आएपछि अवसर मात्रै होइन, जोखिम पनि रहन्छ । यसर्थ, डाटा प्रोटेक्सनका लागि पनि सेक्युरिटीमा ध्यान दिनैपर्छ । यदी ध्यान दिइयो भने बग बाउन्टीको भविष्य पनि व्यवसायिक भएर आउँछ जस्तो लाग्छ । नेपालमा अझै बग बाउन्टी प्रोग्रामको कल्चर छैन । मानिसहरु अझै पनि ह्याकिङ शब्द सुन्ने बित्तिकै अपराध भन्ने बुझ्छन् ।  मैले अहिले सेक्युरिटी क्षेत्रका अग्रजहरुको सहयोगका कारण केही साइटका बगहरु पत्ता लगाएको छु । अहिले नै बग खोज्न त सक्छु होला । तर, सब सिकीसकेपछि प्रोफेसनल हिसाबले बग खोज्ने प्लानमा छु । यसका लागि मलाई प्लेटफर्म र सहयोगको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?