मुख्य कुरा भनेकै नेपालीहरु लाई ह्याकिङबारे केही जानकारी छैन । साइट ह्याक हुनुभन्दा अघि नै सेक्युरिटी अडिट गर्न दियो भने साइटको सुरक्षा हुन्छ । अनि सरकारले साइबर सेक्युरिटी सम्बन्धी पब्लिक अवेयरनेशका प्रोग्रामहरु गरे केही सुधार हुन सक्छ ।
नेपाल अहिले विस्तारै डिजिटाइज हुने क्रममा छ । पासपोर्ट, लाइसेन्सजस्ता सरकारी कामहरु अन्लानमा आधारित हुँदै छ । प्राइभेट सेक्टर पनि अनलाइनमै फोकस भएर आइरहेका छन् । अनलाइनमा आएपछि अवसर मात्रै होइन, जोखिम पनि रहन्छ । यसर्थ, डाटा प्रोटेक्सनका लागि पनि सेक्युरिटीमा ध्यान दिनैपर्छ । यदी ध्यान दिइयो भने बग बाउन्टीको भविष्य पनि व्यवसायिक भएर आउँछ जस्तो लाग्छ ।
नेपालमा अझै बग बाउन्टी प्रोग्रामको कल्चर छैन । मानिसहरु अझै पनि ह्याकिङ शब्द सुन्ने बित्तिकै अपराध भन्ने बुझ्छन् । मैले अहिले सेक्युरिटी क्षेत्रका अग्रजहरुको सहयोगका कारण केही साइटका बगहरु पत्ता लगाएको छु । अहिले नै बग खोज्न त सक्छु होला । तर, सब सिकीसकेपछि प्रोफेसनल हिसाबले बग खोज्ने प्लानमा छु । यसका लागि मलाई प्लेटफर्म र सहयोगको खाँचो छ ।