Breaking News

अखिलको चुनाव नतिजामा कसको कति मत ? अध्यक्षमा नविना निर्वाचित हुने पक्कापक्की

Feb Tue 2020 05:40:22

388 views

अखिलको चुनाव नतिजामा कसको कति मत ? अध्यक्षमा नविना निर्वाचित हुने पक्कापक्की

नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ ।  २१७ मत मात्र गणना गर्न बाँकी छ । नयाँ नेतृत्वका लागि लामा र गौतम प्यानलसहित प्रतिष्पर्धामा छन । पछिल्लो परीणाम अनुसार लामाले ७३२ र गौतमले ५६३ मत ल्याएका छन । यस्तै महासचिवमा पनि लामा प्यानलकै ऐन महर निर्वाचित हुने पक्का पक्की भएको छ । महरले ७१७ र गौतम प्यालनका अब्दुल हुसेन खाँले ५६७ मत ल्याएका छन ।

नयाँ नेतृत्वका लागि दीपक गौतम र नविना लामा प्यानल सहित प्रतिष्पर्धामा छन । महासचिवमा लामा प्यानलका ऐन महर र गौतम प्यानलबाट अब्दुल हुसेन खाँ प्रतिष्पर्धामा छन । त्यस्तै लामा प्यानलबाट उपाध्यक्षमा उठेका रश्मी आचार्य, शैलेश लामा, महेस बर्तौला र सुनिता बराल तथा गौतम पक्षबाट उपाध्यक्षमा जीवन राई, निलकण्ठ आचार्य, राधिका खतिवडा र सरोज यादव प्रतिष्पर्र्धामा छन । सचिवमा लामा प्यानलबाट अमृत बुढा, समिक बडाल आरसी लामिछाने, कमला बोहरा, मकर खड्का, दुर्गानन्द ठाकूर र वसन्त ढकाल तथा गौतम प्यानलबाट वसिम आलम, सुदेश पराजुली, आरती लामा, भक्तकुमारी लामा, भीम रावल, गौतम राई  र अशेष घिमिरे प्रतिष्पर्धामा छन । कोषाध्यक्षमा लामा प्यानलबाट झपेन्द खत्री र गौतम प्यानलबाट कमल शाही प्रतिष्पर्धामा छन । अनुशासन आयोगमा लामा प्यानलबाट गिरिन राई र गौतम प्यानलबाट निशा अधिकारी तथा लेखा आयोगमा लामा प्यानलबाट प्रेम प्रधान र झमेन्द्र रोकाय प्रतिष्पर्धामा छन ।

कसले कति मत ल्याए हेर्नुहोस

नबिना 732 दिपक 563 जीवन 542 निलकन्ठ 473 महेस 683 रश्मि 636 राधिका 595 शैलेश 577 सरोज 532 सुनिता 622 ऐन 719 अब्दुल 567 आरसि 686 समिक 686 सुदेश 629 मकर585 भक्त 549 वसन्त 537 अशेश 522 भिम 469 आरती 640 कमला 617

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?