Breaking News

अटिजम वालबालिकाले केही गर्न सक्तैनन् भन्नेलाई SSDRC का आदेश राज काफ्लेको अन्तराष्टियस्तरको प्रस्तुतिकरण गतिलो पाठ

Feb Tue 2020 05:40:23

531 views

अटिजम वालबालिकाले केही गर्न सक्तैनन् भन्नेलाई SSDRC का आदेश राज काफ्लेको अन्तराष्टियस्तरको प्रस्तुतिकरण गतिलो पाठ
सबिता उप्रेतीको साहस,  को साथमा अटिजम सम्बन्धी आदेश राज काफ्लेले अष्टेलियाको मेलबोर्नमा हुने अन्तराष्टिय सम्मेलनमा नेपालबाट पहिलो पटक प्रस्तुतिकरण गर्ने भएका छन् । अटिजम बालबालिका यस किसिमको अन्तराष्टिय सम्मेलन सम्म पुग्नु नेपालको परिवेशमा धेरै ठुलो सफलता र गर्वको कुरा हो भने अवसर पाए यिनिहरुले पनि देशकै लागि केही गर्न सक्छन् भन्ने गतिलो उदाहरण हो । अटिजम वालबालिकाले शिक्षा, अवसरको वातावरण पाए गर्न नसक्ने भन्ने केही हुदैन भन्ने कुराको प्रमाणित सबिता उप्रेतीको सहासिक सामाजिक कर्म र SSDRC को साथले गरिदिएको छ तर दुःखको कुरा राज्यले अटिजमको लागि एउटा नीति समेत अख्तियार गर्न सकेको छैन । यसका लागि सबिता उप्रेती, SSDRC र आदेश राज काफ्लेबाट नेपाल सरकारले सिक्ने होइन गर्ने बेला आएको छ । 
ssdrc
काठमाण्डौ -बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(SSDRC) को सन्चालिका सबिता उप्रेती, अटिजम बालक आदेश राज काफ्ले(१३), किशोरि अलिशा (२०) सहीत यही अगष्ट ४ देखी २० सम्म अष्टेलियाको मेलबोर्नमा हुने अन्तराष्टिय सम्मेलनमा नेपालबाट सहभागि हुन अष्टेलिया प्रस्थान गर्दै छन साथमा नेपालबाट एड नेपालको डा. शिकशिता श्रेष्ठको पनि सहभागीता रहेको छ । उक्त्त सम्मेलनमा बिभिन्न देशका अपागता क्षेत्रमा काम गर्ने संघ संस्था र अपागता भएका ब्यक्तीहरुको सहभागिता रहि कार्यपत्रहरु प्रस्तुत हुनेछ भने नेपालबाट पहिलो पटक अटिजम बालक आदेश राज काफ्लेले प्रस्तुतिकरण दिदैछन । अटिजम बालबालिका यो सम्मेलन सम्म पुग्नु नेपालको परिवेशमा धेरै ठुलो सफलता र गर्वको कुरा हो भने अवसर पाए यिनिहरुले पनि देशको नाम राख्न सफल हुने ठुलो उदाहरण हो ।
अटिजम बालबालिकालाई ह्यान्डिल गरी पढाउनु, सिकाउनु फलामको चिउरा चपाउनु झै हो त्यस माथि यो अवस्था सम्म पुग्नु भनेको कुनै सानो त्याग,मिहनेत ,सहनसिलताले पुग्दैन जुन संस्थाको सन्चालिका सबिताले गरेर देखाएकी छन । नेपालमा अटिजम सम्वन्धी जनचेतनाको अभाव छ । राज्यले पनि यो क्षेत्रमा आँखा पुर्याउन सकेको छैन । अटिजम भएका धेरै बालबालिकाहरु थुनिएर बाधिएर बस्न वाध्य अवस्थामा दोलखाबाट काठमान्डौ छिरेकी सबिताले बिगत छ बर्ष देखी बिशेष स्कुल तथा पुनस्थापना केन्द्र (SSDRC) सन्चालन गरी आफ्नु भौतिक सुखसयल र राम्रो अवसरहरुलाई तिलान्जली दिएर सम्पूर्ण जीवन अटिजमको उद्दारको लागि समर्पण गरेकी छन । हाल सम्म ६० बालबालिकाहरुलाई सामजमा पुनस्थापित गरिसकेको यो संस्थामा हाल ४५ जना बालबालिकाहरुले प्रत्यक्ष बिभिन्न थेरापी सेवाहरु, उपचार, बिशेष शिक्षा र सिपमुलक तालिम पाइरहेका छन ।

ssdrcc

के हो अटिजम ?

अटिजम रोग होईन,बौदिक अपागता पनि होइन र मनोसामाजिक समस्या पनि होइन । एक मस्तिसको बिशेष अवस्था हो। विश्वभरी विभिन्न देशहरुमा अटिजमको कारण र उपचारको अनुसन्धानहरु ब्यापक रुपमा भैरहेको छ तर कारण र निर्मुल गर्ने उपाय अझै टुङ्गो लागेको छैन। अटिजम जन्मजात हुने, नशा र तन्तुको बिकासको क्रममा आएको असामानताको एउटा रुप हो। जसलाई “Neuro development Disorder” भनिन्छ । अटिजम भएका ब्यक्तिलाई संञ्चारको बिचलन , सामाजीक रुपमा घुलमिल हुन र व्यवहार गर्नमा कठिनाई हुने र कल्पना शक्तिको लचकता कम हुने जस्ता कठिनाईहरु हुन्छन्। यी तीन बिशेष मूल समस्या हरेक अटिजम भएका व्यक्तिहरुमा देखा पर्दछन् .. । 68 जना मध्य एकजना बालकमा अटिजमको Diagnosis हुने प्रमाणित छ । अटिजम जन्मजात हुने स्नायु प्रणालिमा आएको बिचलन हो।

के भन्छन अभिभावक ?

आफ्नु छोरा छोरी को यस्तो प्रगती देखेर आदेश र अलिशाको अभिभावकहरु हर्षित हुनुको साथै नसोचेको सपना पुरा भएको बताउछन । 
आदेश र अलिशा ५ बर्ष देखी SSDRC मा अध्ययनरत छन । SSDRC आउनु अगाडि आदेश घर भित्रै बस्थे उनको समस्या प्रती उनका आमाबाबु साह्रै दुखी थिए । धेरै डाक्टरहरुलाई देखाउदा पनि उनको सहि पहिचान नभएको र डा कबिराज खनालले अटिजम भएको भनेर डाइग्नोसिस गरेपछी स्कुलको लागि भौतारिदा कुनै अटिजम स्कुल नभेटकोले छोरालाई घरभित्र नै राख्नु परेको दुखेशो सुनाउछन बाबु दिपक राज काफ्ले । अनी केही बर्षमा SSDRC मा सबिता उप्रेती लाई भेटे पछी आफुले भगवान भेटेको अनुभुत भएको कुरा ब्यक्त्त गर्छन् । यो संस्थाले अटिजम बालबालिकाहरुलाई मात्र नयाँ जीवन दिएको छैन, हामी स-परिवारको उदार हुनुको साथै तनाव मुक्त्त भएर दिमागको अप्रेशन समेत भएको कुरा बताए । आमा उर्मिला काफ्ले भन्छिन , सुरुमा आदेशमा हात हलाइरहन्थे ,दोहोरो कुराकानी गर्न सक्दैनथे। आँखामा आँखा जुधाउन सक्दैनथे । उनिमा सामाजिकरण थिएन । अरुको मोबाईल देख्यो कि खोशिहाल्थे, त्यसैले उनीलाई देख्ने साथै छरछिमेक र आफन्तले उनिबाट भागथे, बाबुको चिन्ता त छदै थियो त्यस माथि सामाजको यस्तो व्यबहारले म साह्रै रुन्थे साह्रै पिडा हुन्थ्यो । जीवनमा सबै सकियो झै लाग्थो । यो स्कुल र सबिता उप्रेती भेट्नु हाम्रो ठुलो भाग्य हो । स्कुल राखेको छोटो समयमा नै बाबुमा धेरै सुधार आएर अहिले अन्तराष्टिय सम्मेलन सम्म पुग्दा कुन आमाको छाती खुशी र गर्वले फुल्दैन होला भन्ने अभिब्यक्त गर्छिन । आदेश अहिले SSDRC मा कक्षा छ मा पढदै छन। उनी असाधारण प्रतिभाको छन । नेपाल धेरै कार्यक्रममा प्रस्तुतिकरण गरिसकेका छन । त्यस्तै अलिशाको आमा सारदा ओली पनि आफ्नु छोरीको सफलतामा दङ छिन । छोरीको उपचार र स्कुलको लागि म कहाँ कहाँ पुगिन तर सबै ठाउबाट निरास नै भए नानुको भबिश्यको साह्रै चिन्त्ता थियो । सामान्य स्कुलमा त सात कक्षा सम्म नै पनि राखियो । आफु पनि नर्श भएकोले नानीको समस्या स्विकारता पनि पिडा त साह्रै थियो । जब SSDRC पाए ढुङ्गा खोज्दा देवता भेटे झै भयो । सबिता म्यामको हाम्रो बच्चा प्रतिको लगाव,त्याग र मिहनेतले अहिले अलिशा साटेर ल्याएको जस्तो भाकी छन । यस्तो राम्रो देशामा जानु सामान्य ब्यक्त्तिको त सपना बनिरहेको बेला हाम्रो बिशेष बालाबालिका त्यहाँ पुगेर सम्मेलनमा सहभागि हुनपाउनु भनेको यो मेरो सपना भन्दा बाहिरको कुरो हो जस्ले साह्रै खुशी बनाएको छ । यस्को श्रेय सबिता उप्रेती लाई दिन चाहछु भन्दै दुवै अभिभावकले हर्शको आशु खसाल्नु भयो ।अलिश अहिले SSDRC मा सिपमुलक तालिम बाट आत्मनिर्भर हुने क्रममा छिन । यही बर्षबाट उनी संस्था मा नै शिक्षक सहयोगि को रुपमा काम गरिरहेकी छन । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?