Breaking News

आइसिटीको प्रयोगमार्फत महिला हिंसा न्युनीकरण र अपांग भएका महिलाको जीवनस्तर सम्भव

Feb Tue 2020 05:40:46

364 views

आइसिटीको प्रयोगमार्फत महिला हिंसा न्युनीकरण र अपांग भएका महिलाको जीवनस्तर सम्भव

सूचना सञ्चार तथा प्रविधिको प्रयोगमार्फत महिला हिंसाका घटनालाई न्युनीकरण र अपांगता भएका महिलाहरुको जीवनस्तर माथि लैजान सकिन्छ भन्ने कुरालाई मनन गर्दै मिडिया हाउसले २ दिने वर्कशप ललितपुरको गोदावरीमा सञ्चालन गरेको छ । नेपाली समाजमा महिलाप्रतिको हेराई र दृष्टिकोण फरक हुदा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढेर गएका छन् । त्यससँगै अपांगता भएकाहरुले केही गर्न सक्तैनन् भन्ने गलत सोचाइले नेपाली समाज पछाडी परेको छ त्यसमा भन्दा पनि अझ अपांग भएका महिलाहरु नेपाली समाजको परम्परा र संस्कृतिका कारण घर परिवार र समाजमा अपहेलित भएर बाँच्नुपर्ने अवस्था अझैसम्म कायम छ । महिलालाई अवसर दिइनुपर्दछ जे पनि गर्न सक्छन् भन्ने सोचाईले प्राथमिकता नपाउदा महिलाहरु अझ हिंसाको शिकार बनिरहेका छन् । कुटपीट, यातना, बलत्कार र हत्याको घटनासम्म पुग्दा पनि नेपाली समाजमा महिलाहरुले न्याय पाउन सकिरहेका छैनन् । यसको एउटै कारण हो शिक्षा र चेतनाको कमी महिलाहरुमा हुनु ।voice सूचना सञ्चार प्रविधिको प्रयोगको व्यापकता हरेक क्षेत्रमा बढिरहदा महिलाहरुलाई आइसिटीमा कसरी अगाडी बढाउने भन्ने नीति र योजना बन्न नसक्दा महिला हिंसाको अन्त्य मात्र होइन अपांगता भएका महिलाहरुको अवस्था माथि उठ्न नसकेको यथार्थ सत्य हो ।aananda khanal बढ्दो सूचना सञ्चार प्रविधि मार्फत अपांगता भएका महिलाहरुको जीवनस्तर कसरी माथि उकास्न र महिला हिंसाको न्युनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले मिडिया हाउसले यही फाल्गुन १० र ११ गते ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीमा २ दिने वर्कशप आयोजना गरेको छ । वर्कशप सञ्चालनको उद्घाटन सत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आननन्दराज खनाल र प्रशिक्षक तथा लैंगिक हिंसा विज्ञ एवं सञ्चारकर्मी आरती चटौत लगायत बिभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरु सहभागी भएका थिए । वर्कशपको मुख्य उद्देश्य आइसिटी टुल्स मार्फत अपांगता भएका महिलाहरुको अवस्था माथि उकास्न र महिला हिंसा अन्त्यको लागि महिलाहरुलाई थप जागरुक बनाउनु रहेको मिडिया हाउसका प्रबन्ध निर्देशक शहनशिला शर्माले बताict womenइन् ।all

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?