Breaking News

चिकित्सा विज्ञानमा क्रान्तिकारी खोज, नाकभित्र एन्टिबायोटिक उत्पादन

Feb Tue 2020 05:40:43

557 views

चिकित्सा विज्ञानमा क्रान्तिकारी खोज, नाकभित्र एन्टिबायोटिक उत्पादन

जर्मनीका वैज्ञानिकहरुले मानिसको नाकभित्र बस्ने ब्याक्टेरियाले विशेष प्रकारको एन्टिबायोटिक यौगिक उत्पादन गर्ने तथ्य पत्ता लगाएका छन् । जुन ब्याक्टेरियाले पैदा गर्ने एन्टिबायोटिक सुपरबग एमआरएसए समेत कैयन् खतरनाक जिवाणुहरुलाई नष्ट गर्ने क्षमता राख्दछ ।

शोधकर्ताका अनुसार नाकभित्रको ब्याक्टेरियाको उक्त खोज निकै अहम सावित हुनसक्छ । ब्याक्टेरियाले उत्पादन गर्ने एन्टिबायोटिक यौगिक त्यस्ता ब्याक्टेरियाजन्य संक्रमणको उपचारमा सहयोगी हुनेछ जसमा औषधि प्रतिरोधी ब्याक्टेरिया विकशित हुन्छ ।

जर्मनकी युनिभर्सिटी अफ ट्युबिननका मुख्य शोधकर्ता एन्ड्रिज पेशलका अनुसार विभिन्न खाले भाइरल संक्रमणको मुख्य केन्द्र हुनुका अलावा नाकको भित्री भाग विभिन्न खाले ५० भन्दा धेरै ब्याक्टेरियाको घर पनि हो । सोही कारण उनीहरुले सरीरको उक्त महत्वपूर्ण हिस्साको विशेष अध्ययन गरेका थिए, जसबाट अनपेक्षित तथा उत्साहजनक परिणाम प्राप्त भएको दाबी उनको छ ।

Human nose macro shot

अहिलेसम्म प्रयोगमा रहेका एन्टिबयोटिक औषधिहरुमध्ये अधिकांस माटोमा वा पर्यावरणमा पाइने ब्याक्टेरियाबाट तयार गरिँदै आइएकोमा मानिसको नाकभित्रै एन्टिबायोटिक आफै उत्पादन हुने तथ्य पत्ता लाग्नु चिकित्सा विज्ञानमा क्रान्तिकारी खोज रहेको बताइएको छ । मानिसको सरीरभित्र एन्टिबायोटिकको सम्भावित श्रोतको खोजीलाई वैज्ञानिकहरुले महान उपलब्धी भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?