Breaking News

अब फेसबुकबाटै आतंकवादी यसरी समातिनेछन्

Feb Wed 2020 02:40:19

560 views

अब फेसबुकबाटै आतंकवादी यसरी समातिनेछन्

सफ्टवेयरको माध्यमबाट आतंकवाद, हिंसा, दुव्र्यवहार, घृणा आदि जस्ता फेसबुकमा पोष्ट हुने कुराहरुबाट

आतंकवादीलाई समात्न सकिने जुकरबर्गको दाबी फेसबुकको योजनालाई

साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्थाहरुले स्वागत गरेका छन् ।

फेसबुकले एउटा यस्तो सफ्टवेयरको निर्माण गर्दैछ जसबाट फेसबुकमा प्रकाशित भएका सामाग्रीहरुको जाँच गर्न सकिनेछ ।  यस्तो एल्गोरिदम अर्थात् गणितीय प्रोग्राम बनाइँदैछ जसले फेसबुक पोष्टमा आतंकवाद, हिंसा, दुव्र्यवहार, घृणा आदि जस्ता कुराहरुलाई समाउन सक्नेछ । यसका साथै उक्त सफ्टवेयर आत्महत्या रोक्न समेत सहयोग गर्न सक्ने दाबी गरिएको छ ।

५५ सय पेजको आफ्नो पत्रमा जुकरबर्गले फेसबुकको भविष्यका बारेमा चर्चा गर्दै विद्यमान अवस्थामा फेसबुकमा दिनहुँ प्रकाशित हुने अरबौँ पोष्ट तथा मेसेजको जाँच गर्नु असम्भव जस्तै रहेको बताएका छन् ।

पत्रमा जुकरबर्गले भनेका छन्- अहिले एउटा यस्तो प्रणाली बनाउने कोसिस भैरहेको छ जसले टेक्स्ट पढ्न सक्नेछ र तस्वीर तथा भिडियो देख्न सक्नेछ, बुझ्न सक्नेछ र कतै खतरनाक घटना त हुँदै छैन ? भन्ने कुरा थाहा पाउन सक्नेछ ।

जुकरबर्गले यस्तो सफ्टवेयर निर्माणकेा योजना अहिले सुरुवाती अवस्थामा रहेको प्रष्ट पारेका छन् । एनका अनुसार फेसबुकले अहिले आर्टिफिसियल इन्टेलिजेन्सको यस्तो प्रयोगका बारेमा सोँचिरहेको छ जसले आतंकवाद सँग जोडिएको खबर तथा आतंकवादको प्रचार प्रसार बीचको अन्तर पहिचान गर्न सक्नेछ । अातंकवादी पहिचान गर्ने फेसबुकको योजनालाई साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्थाहरुले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?