सामसुङले आफ्नो ग्यालेक्सी नोट एट नामक फ्याब्लेट हिलेसम्मकै महंगो स्मार्टफोन हुनेछ । भेन्चर बिट नामक वेबसाइटले ग्यालेक्सी नोट एटको सम्भावित मूल्य तथा यसका फिचरहरुका बारेमा जानकारीहरु सार्वजनिक गरेको छ । समाचार अनुसार नोट एटका दुईवटा भेरिएन्ट्स हुनेछन्, ६४ जिबी र १२८ जिबी इन्टर्नल स्टोरेज । जसमा सस्तो चाहीँ फोनको मूल्य नै ११ सय डलर हुनेछ । त्यो नै अहिलेसम्म बजारमा रहेको सबैभन्दा महंगो स्मार्टफोन हुनेछ।
ग्यालेक्सी नोट एटमा ६.३ इन्च एज टू एज एमोलेड इन्फिनिटी डिस्प्ले हुनेछ । साथै यसमा महत्वपूर्ण विशेषताको रुपमा डुअल रियर क्यामेरा सेटअप हुनेछ ।
ग्यालेक्सी नोट एटमा ६ जिबीको र्याम हुने बताइएको छ ।