Breaking News

होशियार ! फेसबुकमा यस्ता फोटोमा लाइक, कमेन्ट र शेयर गर्दा आफै साइवर क्राइममा फस्नुहोला

Feb Tue 2020 05:40:51

395 views

होशियार ! फेसबुकमा यस्ता फोटोमा लाइक, कमेन्ट र शेयर गर्दा आफै साइवर क्राइममा फस्नुहोला

फेसबुक खोल्नेबित्तिकै आफ्नो टाइमलाइनमा देखिने भावुक, कारुणिक र मनछुने खालका फोटोहरुलाई धेरैले एकैचोटी लाइक शेयर र कमेन्ट गर्ने गरेका छन् । तर   टाइमलाइनमा देखिने केही यस्ता फोटो पनि हून्छ होल जसमा कुनै बिरामी बच्चा वा भगवानको तस्बिरमा लाइक र कमेन्ट गर्न आग्रह गरिन्छ । यदि तपाईं पनि यस्ता तस्बिरमा कमेन्ट गर्नुहुन्छ भने अब सचेत रहनुहोला किनकी यदि आग्रह गरिएअनुसार तपाई लाइक कमेन्ट गर्नुहुन्छ भने तपाईको व्यक्तिगत डाटाहरु अब खतरामा पर्नेछन् ।

धर्मको नाममा चल्छ यो खेलः

निकै मार्मिक देखिने यस्ता तस्बिरमार्फत् मानिसहरुलाई भावुक बनाएर तस्बिरमा लाइक वा कमेन्ट गर्न आग्रह गरिन्छ । तर वास्तवमा यी सबै निकै ठूला ठगी धन्दाको हिस्सा हो । तपाईंले तस्बिरलाई लाइक गर्दा त्यसमा देखाइएका बच्चाको रोग निको त हुँदैन तर तपाईंको फेसबुकको सबै व्यक्तिगत जानकारी खतरामा पर्ने गर्दछ । तपाईंले यस्ता पोष्टलाई लाइक वा सेयर गर्दा स्प्यामर्सले तपाईंको सबै व्यक्तिगत जानकारी पाउने गर्दछन् । थुप्रै पटक यसमार्फत उनीहरु तपाईंको अकाउन्ट पनि ह्याक गर्ने गर्दछन् ।

फैलिन्छन् विभिन्न प्रकारका भाइरसः

यस्ता पोष्टमा जति धेरै लाइक, कमेन्ट वा सेयर गर्नुहुन्छ, स्प्यामर्सको नेटवर्क त्यति नै ठूलो हुने गर्दछ । लाइक, कमेन्ट वा सेयरको यो खेलमा मोटो कमाई हुने गर्दछ । साथै, यस्ता प्रकारका फोटोमार्फत विभिन्न प्रकारका भाइरस र स्क्याम पनि फैलने गर्दछ जुन तपाईंको अकाउन्टका लागि खतरनाक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?