Breaking News

सावधान ! स्मार्टफोनमा इन्स्टल भएका एपले यसरी जासूसी गर्दा रहेछन्

Feb Tue 2020 05:40:49

364 views

सावधान ! स्मार्टफोनमा इन्स्टल भएका एपले यसरी जासूसी गर्दा रहेछन्

स्मार्टफोनमा इन्स्टल भएका धेरैजसो एपहरुले पनि तपाईको फोनको क्रियाकलाप निगरानी गरर्ने गरेको तथ्य बाहिर आएको छ । साइबर क्राइम विश्लेषकहरुका अन’सार विभिन्न एप कम्पनीहरुले एप प्रयोगकर्ताका हरेक डिजिटल गतिविधिलाई युजर एक्सपेरिएन्सका रुपमा प्रयोग गर्ने गर्दछन् । कतिपय यस्ता घटनाहरु प्नि आउने गरेका छन् जहाँ विभिन्न स्मार्टफोन प्रयोगकर्ता महिलाहरुका स्मार्टफोनमा रहेका गोप्य भिडियो तथा फोटोहरु पोर्न वेबसाइटमा आउने गरेका छन् । यसमा एप कम्पनीहरुको हात रहेको बताइन्छ ।

जब तपाइँ कुनै एप आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नुहुन्छ त्यसबेला उक्त एपले उसको टर्मस् एण्ड कन्डिसन स्विकार गर्न लगाउँछ र अनिमात्र तपाइँ डाउनलोड गर्न पाउन’ह’न्छ । धेरै मानिसहरु त्यस्ता शर्तहरु पढ्दै नपढी स्विकार गरिहाल्छन् र एप डाउनलोड गर्दछन् ।

एपबाट हुनसक्ने यस्तो प्रकारको जासूसी तथा साइबर क्राइम त पूर्णरुपमा रोक्न सम्भव छैन । किनकी स्मार्टफोन प्रयोगकर्ताहरु एप कम्पनीका शर्तहरु स्विकार गरी त्यस्ता एपलाई डाउनलोड गर्न बाध्य छन् र एप डाउनलोड नगरी आफ्नो स्मार्टफोन खाली राख्न कोहीपनि सक्दैन अहिलेको जमानामा । त्यसैले सावधानी अपनाउनु नै ठूलो सुरक्षा हो । त्यसैले आफ्नो फोनमा त्यस्ता गोप्य तथा अरुलाई देखाउन नहुने फोटो, भिडियो तथा डकुमेन्टहरु नराख्नु तथा स्मार्टफोनबाट पोर्न साइटहरु नखोल्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ । व्यक्तिगत चिजहरुलाई व्यक्तिगत पहुँचमै सिमित राख्नुहोस् र त्यसलाई सोसल मिडियामा शेयर नगर्नुहोस् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?