Breaking News

आखिर किन डरायो फेसबुक आइएसआइएससँग र माफी नै माग्यो ?

Feb Tue 2020 05:40:57

524 views

आखिर किन डरायो फेसबुक आइएसआइएससँग र माफी नै माग्यो  ?

आइएसको आतंकले फेसबुकको मुख्यालय समेत डरायो । पेरिस आक्रमणपछि अमेरिकलाई उडाइदिने धम्की दिएको आइएसले फेसबुकलाई पनि माफी माग्न लगाएको खबर अहिले सार्वजनिक भएको छ । पेरिस आक्रमण लगत्तै फेसबुकले आक्रमणमा मारिनेहरुको श्रद्धाञ्जली स्वरुप प्रोफाइल पिक्चर परिवर्तन गर्ने टुल्स ल्याएको थियो । त्यो कुराको कतिपयले आलोचना समेत गरेका थिए । यो बिचमा फेसबुकले आइएसआइएससँग माफी माग्यो भन्ने सुन्दा लाग्ला फेसबुकले आतंकी सगठन आइएससँगै माफी माग्यो । फेसबुकले माफि मागेको त हो तर आइएसआइएस नामकी एक युवती सँग । अहिले सुरक्षाको कारण देखाउँदै फेसबुकले आतंकी संगठन आइएस सँग जोडिएको विभिन्न एकाउण्टहरुलाई डिएक्टिभेट गर्ने क्रममा अमेरिकाकी सफ्टवेयर डेभलपर्सको एकाउण्ट पनि हटाइदियो । त्यसपछि ती युवतीले ट्वीटर मार्फत यो कुराको बिरोध जनाइन् । उनले फेसबुकलाई आफ्नो नाम नै ......रहेको बताउँदै पासपोर्ट पठाउँदा समेत फेसबुकले एकाउण्ट एक्टिभेट नगरिदिएको भन्दै बिरोध जनाइन् । त्यसपछि फेसबुकले सँग माफि माग्दै उनको एकाउण्ट एक्टिेभेट गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?