Breaking News

एप्पलको आइफोन ७ का ८ फिचरहरु

Feb Tue 2020 05:40:19

393 views

एप्पलको आइफोन ७ का ८  फिचरहरु

आइफोन ७ लाई केही फरक तर, धेरै हदसम्म पहिलेकै फोनको निरन्तरता भनेर अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले रिभ्यू गरेका छन् ।

१. लुक्स

आइफोनको अघिल्ला संस्करणमा भन्दा सेभेनमा भएको एउटा फरक लुक्स हो । सेभेनमा पछाडिको कभर पहिलेको भन्दा चिल्लो छ । सिक्सको कभरमा राखिएको एन्टेनाका धर्साहरुलाई अहिले एजमा राखिएको छ र झट्ट हेर्दा देखिँदैन । सेभेनको पछाडिको कभर ‘म्याट र ग्लोसी’ फिनिस दुई विकल्प छ ।

iphone-7

डिजाइन पहिलो भन्दा स्लिक र युनिफर्म देखिएको छ । नयाँ आइफोन धुलो र पानी प्रतिरोधी भएको एप्पलको दाबी छ ।

२. होम बटन

आइफोन सेभेन र सेभेन प्लसमा होम बटन अपग्रेड गरिएको छ । पहिले बटन थिच्नु पर्दथ्यो भने अहिले फोर्स टच प्रविधिका कारण बटन नथिच्दा पनि भाइब्रेसनले थिचेको जस्तै अनुभव महसुस हुनेछ ।

३. स्टोरेज

आइफोन सेभेनको दुबै भर्सनमा सिक्सको भन्दा दोब्बर स्टोरेज छ । यसमा तीन विकल्प ३२ जीबी, १२८ र २५६ जीबी छन् । तर, ग्लोसी फिनिस भर्सनमा भने १२८ र १५६ जीबी मात्र उपलब्ध हुनेछ ।

४. क्यामेरा

iphone-7-camera

आइफोन सेभेनमा एप्पलले क्यामरालाई विशेष महत्व दिएको छ । सेभेनमा १२ मेगापिक्सलको रेयर फेसिङ क्यामरा छ भने सेभेन प्लसमा पछाडि नै दुई वटा क्यामरा छ । एउटा वाइड एङ्गल र एउटा टेलीफोटो क्यामरा छ । टेलिफोटोले टाढाको दृश्यहरुलाई पनि आफ्नो फोनमा कैद गर्न सक्नेछ ।

रिपोर्टहरुमा जनाइए अनुसार एप्पलले दुई वटा क्यामरा उपलब्ध गराउनुको उद्देश्य दुबै फोटोलाई मर्ज गरेर कम्पोजिट फोटो बनाउने सुविधा दिनु हो । तर, यसो गर्न चाहिने सफ्टवेयर भने वर्षको अन्त्यतिर मात्र उपलब्ध हुनेछ ।

५. हेडफोन ज्याकको अन्त्य

iphone7_head phone

आइफोन सेभेन र सेभेन प्लेसमा एनालग हेडफोन हटाइएको छ । आइफोन यो भर्सन रिलिज हुनु अगाडि आइफोनले अब परम्परागत हेडफोनलाई सपोर्ट गर्दैन भन्ने धेरै चर्चा पाएको थियो ।

तर, एप्पलले नयाँ फोनसँग लाइटनिङ पोर्टमा जोड्न मिल्ने एडप्टर पनि उपलब्ध गराउने भएको छ । जसमा परम्परागत हेडफोन जोड्न सकिन्छ । तर, उसले वायरलेस हेडफोन प्रयोगलाई प्रोत्साहन गर्ने बताएको छ ।

एप्पलको यो नयाँ सुविधाको केही घाटा पनि छ । चार्जिङ र हेडफोन एडप्टरको पोर्ट एउटै छ, जसका कारण चार्ज गर्दै गीत सुन्न सकिँदैन ।

के हो एयरपड ?

hade-phone

एप्पलले केही समय अगाडि बजारमा ल्याएको वायरलेस हेडफोनलाई एयरपड नाम दिएको छ । यो यसअघि प्रयोगमा आएका वायरलेस हेडफोनहरु भन्दा पनि भिन्न छ । यसअघिका वायरलेस हेडफोनहरु एकअर्कामा जोडिएका हुन्थे । तर, एप्पलले ल्याएको यो हेडफोन एकअर्कासँग जोडिएका छैनन् ।

यो एन्फ्रारेड टेक्नोलोजीमा आधारित छ । कानमा रहे-नरहेको सेन्स पनि गर्नेछ । यदि एकातर्फको निकालियो वा खस्यो भने गीत आफैं बन्द हुन्छ । साथै एयरपडमा डबल ट्याब गर्दा एप्पलको डिजिटल असिस्टेन्ट ‘सिरी’ एक्टिभेट हुन्छ ।

६. व्याट्री लाइफ

आइफोन सेभेनको ब्याट्री आइफोन सिक्स भन्दा २ घण्टा बढी टिक्ने कम्पनीको दाबी छ । त्यस्तै आइफोन सेभेनमा आइफोन सिक्स प्लस भन्दा १ घण्टा बढी टिक्ने एप्पलले बताएको छ ।

७. अडियो

आइफोनमा यस पटक अडियोमा पनि परिवर्तन गरिएको छ। यसअघिका आइफोनहरुमा एउटा मात्र स्पिकर राखिएको थियो । तर, अहिले स्टिरियो स्पिकर सिस्टम (माथि र तल गरी दुई वटा स्पिकर) छ। आइफोन सिक्स एसभन्दा यसबाट दुई गुणा ठूलो आवाज आउने बनेको कम्पनीले बताएको छ ।

८. कलर र अरु विशेषता

iphone-7-colors

आइफोनको नयाँ भर्सन सेभेन र सेभेन प्लस गोल्ड, ब्याल्क सिल्भर, रोज गोल्ड लगायतका पाँच कलरमा उपलब्ध हुनेछ ।

साथै पावर सिस्टम नयाँ ए १० फ्यूजन एसओसी प्रविधिमा आधारित छ । जुन, सिक्स र सिक्स प्लसमा ए ९ फ्युजन एसओसी रहेको थियो ।

मोबाइलमा रहेको एचडी रेटिना डिस्प्ले अझै गुणस्तरीय बनाइएको छ । यसका कारण आइफोन सिक्स र सिक्स प्लसमा भन्दा २५ प्रतिशतसम्म चहकिलो बनाउन सकिनेछ ।

-Onlinekhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?