Breaking News

चीनमा भेटियो क्यान्सर निको पार्ने दुर्लभ वनस्पति

Feb Wed 2020 02:40:45

1204 views

चीनमा भेटियो क्यान्सर निको पार्ने दुर्लभ वनस्पति

मध्यचीनको हुनान प्रान्तमा दुर्लभ जातको १३०० वर्ष पुरानो एक रुख वनस्पति भेटिएको छ। सदावहार प्रजातिको यो ‘ट्याक्सस चिनेन्सिस’ वनस्पति शुनहुआंगशन राष्ट्रिय वन पार्कमा भेटिएको हो। जसको लम्बाइ ३५ मिटर र गोलाए २.२ मिटर रहेको छ। जसको दाँयाबाँया दुई साना-साना अरु रुखपनि छन्।

चीनको सरकारी समाचार एजेन्सी सिन्हुवाको अनुसार, यो तीनै रुखलाई स्थानीयले सुरक्षित गरेका राखेका हुन। यो रुख विशेष गरि गर्मी तर पानी भएकै ठाउँमा पाइने गर्छ। चीनमा किनै दुर्लभ मानिने यो प्रजाती २५ लाख वर्ष देखि अस्तित्वमा रहेको बताइन्छ। यो बोटमा पाइने ट्याक्सोल क्यान्सर निको पार्न बनाइने औषधीहरुमा प्रयोग गरिन्छ।। यहि ट्याक्सोलको लागि यो प्रजातिका रुखहरु बढी काटिने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?