हेटौडा (नेपाल)–डाक्टरले गरेको काम हेर्नु भनेको एउटा चमत्कार हेर्नु जस्तै हो । उनले १ लाख भन्दा बढीको आँखाको ज्योतिलाई पुनःस्थापित गरेका छन् । सायद यो इतिहासमै कुनै डाक्टरले गरेको उपचार भन्दा बढी हो । उनकोमा अहिले पनि बिरामीहरु आउने क्रम जारी छ । उनीहरु आफ्ना प्रियजनलाई फेरि राम्रोसँग हेर्न ज्योति पाउने आशामा विकट गाँउदेखि उनलाई पछ्याउँदैं आइरहेका छन् । अप्रेसन गरेपछि गाउँका मानिसहरुले आँखामा बाँधिएको पट्टी एकदिन पछि फुकालिदिन्छन्, अनि बिरामीहरु स्पष्टसँग संसार देख्छन् । बिरामीहरुले पहिला अल्पकालीन रुपमा देख्छन्, अनि बिस्तारै उल्लास भएर पूर्ण रुपमा देख्छन् । त्यसपछि उनीहरु परमआनन्द प्राप्त गरेर घर फर्कन्छन् । डा.सन्दुक रुइत, नेपाली नेत्र रोग विशेषज्ञ, दृष्टिबिहीनको युद्धका एक विश्व विजेता । विश्वमा अहिले तीन करोड ९ लाख मानिस दृष्टिबिहीन छन्, जसमा आँधीभन्दा बढीमा चरित्रको आधारमा दृष्टिबिहीन छन् । यस्तै २ करोड ४६ लाख मानिसहरुको भएको दृष्टि पनि गुमेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । यदि तपाईं गरिब राष्ट्रको दृष्टिबिहीन हुनुहुन्छ भने तपाईसँग कुनै आशा बाँकी रहने छैन । तर, डा. रुइतसँग सस्तोमा उपचार गर्ने प्रविधि छ । लगभग २५ सय रुपैयाँमा उनले साधारण मोतीबिन्दु भएका विरामीको माइक्रो सर्जरी मार्फत सफल शल्यक्रिया गरिदिन्छन् । उनी सधै आफ्नो काममा सफल हुन्छन् । यो ‘नेपाल विधि’लाई अहिले अमेरिकाका मेडिकल कलेजहरुमा समेत पढाइने गरिन्छ । वार्षिक यात्राको दौरानमा विश्वविद्यालयका विद्यार्थीहरुलाई विकाशोन्मुख देशका नउठाइएका मुद्धाको विषयको लागि लगिएको थियो । अस्टीन मेयर अफ स्टाफोर्ड विश्वविद्यालयका विद्यार्थी र म हेटौडामा डा. रुइतको उपचार हेर्न पुगेका थियौं । जहाँ रुइतले १०२ जना महिला र पुरुषलाई ‘अलौकिक’ तरिकाले उपचार गरे । ती मध्ये एक बिरामी थिइन्, ५० वर्षीया ठूलीमाया थिङ । उनले केहि वर्षदेखि आँखाको ज्योति गुमाएकी थिइन् । तरपनि उनलाई आफ्ना बालबच्चा भने हेर्नु नै थियो । उनलाई मोतीबिन्दूले गर्दा काम गर्न असहज हुन्थ्यो, जसले परिवार भोकाउथे । ‘म दाउरा र घाँस ल्याउन सक्दिन’, ठूलीमायाले भनिन्, ‘खाना पकाउन पनि सक्दिन । आँखा नदेखिपछि धेरै पटक लडेको छु, धेरै पटक आगोले समेत पोलेको छ ।’ त्यसैले ठूलीमायाले डा.रुइतले स्थापना गरेको अस्पतालमा उपचारको लागि पर्खेर बसेकी थिइन । उनी हतोत्साहित थिइन नै, उपचार पाइने आशामा उत्साहित पनि । उनले भनिन्, ‘म मेरा बालबच्चा र श्रीमान्लाई फेरि एक पटक देख्नेछु, त्यसैले उपचार गर्न तत्पर छु । ’ डा. रुइत आएपछि उनलाई अप्रेसन कक्षमा लगियो । लगत्तै उनलाई लट्टाउने औषधीको इन्जेक्सन रोपियो । त्यसपछि उनलको देब्रे आँखा खुला गरियो । डा. रुइतले माइक्रोस्कोपको सहायताले आँखाको ‘आइबल’ मा सानो चिरा पारे । यो एकदम कठीन कार्य थियो, एक इन्चको पनि एक तिहाइ ठाँउबाट ‘सानो अपारदर्शी वस्तु’ डा. रुइतले हटाए । जुन वस्तुले ठूलीमायाको जिन्दगी तहसनहस पारेको थियो । डा. रुइतले आँखामा नयाँ लेन्स् राखे अनि काम सके । यो प्रक्रिया पूरा गर्न पाँच मिनेट लागेको थियो । जुन प्रक्रिया उनले ठूलीमायाको दाहिने आँखामा पनि दोहो¥याए । ठूलीमायाले फेरि संसार देख्न सक्नेमा डा. रुइत ढुक्क थिए । ‘यहाँ प्रतिफल स्पष्ट छ’, डा. रुइतले ठूलीमायाको आँखामा पट्टी बाँध्दै भने, ‘यो अन्य मेडिकल व्यवधान जस्तो छैन ।’ अमेरिकामा मोतीबिन्दूको शल्यक्रिया जटिल मेसिनको सहायताले गरिन्छ । यो मेसिनबाट मोतीबिन्दूको अप्रेसन गर्नु गरिब राष्ट्रको लागि महंगो पर्छ । त्यसैले डा. रुइतले अन्यसँग मिलेर (जस्तै, भारतको अरविन्द आई केयर सिस्टम, जसले अघिल्लो वर्ष २ लाख ८० हजार मानिसको मोतीबिन्दूको अप्रेसन गरेको थियो) एक सानो माइक्रोसर्जरी मेसिन बनाएका छन् । यो विधिमा अपे्रसन गर्दा टाँका लगाउनु पर्दैन । सुरुमा यो प्रविधिको मजाक उडाउनुको साथै आलोचना गरिएको थियो । तरपनि अमेरिकन नेत्र विज्ञान सम्बन्धि जर्नलमा भने डा. रुइतको विधि प्रकाशन भएको थियो । जर्नलले डा. रुइतको विधि तीब्र र सस्तो भएको भनि व्याख्या गरेको थियो । ‘विधिहरु साँच्चै शानदार थियो’, युनिभर्सिटी अफ उतह, मोरान आइ सेन्टरका डा. जोफेरी तबिनले भने । डा. तबिनले डा. रुइतबाट विधि सिकेका थिए । उनी पनि हेटौडामा डा. रुइतले मोतीबिन्दूको अप्रेसन गर्दा छेउमै बसेका थिए । उनले डा. रुइतको प्रविधि नेपालका विकट वस्तीका वासिन्दाको लागि उत्तम भएको बताए । साथै, साल्ट लेक सिटीका बिरामीहरुले पनि यो विधिबाट १० लाख डलर बराबरको उपचार पाइरहेको दाबी गरे । डा. तबिनले अमेरिकन प्रविधिले काम नगरेको अवस्थमा डा. रुइतको विधि उत्तम हुने बताए । डा. तबिन नेपालमा विभिन्न च्यारिटी गर्दै आएका छन् । हिमालयन मोतीबिन्दु प्रोजेक्टमार्फत उनले डा. रुइत र अन्य देश (जस्तै, घाना र इथियोपिया) लाई सहयोग गरिदैं आएको छ । दृष्टिबिहिन बिरुद्धको लडाई अहिले रुइत–तबिन प्रोजेक्ट भएको छ । उनीहरुले आफ्नो वेव साइट ऋगचभद्यष्लिमलभकक।यचन मार्फत काम गर्दै आएका छन् । ‘डा. रुइत पहिला व्यक्ति हुन् जसले विकासोन्मुख देशका गरिब जनताको आँखामा लेन्स् हालेका छन्’, डा. तबिनले भने, ‘कसैले पनि रुइतको जति मानिसको आँखामा ज्योति हाल्ने काम गरेका छैनन् ।’ डा. रुइतले अहिलेसम्म १ लाख २० हजार मोतीबिन्दूको शल्यक्रिया गरेको गन्ति गरेका छन्, जसमा एक आँखाको शल्यक्रिया बढी छ । डा. रुइतले शल्यक्रिया विधिको मात्र विकास गरेका छैनन्, समग्र आँखा उपचार प्रक्रियाको पनि विकास गरेका छन् । उनले तिलगंगा नेत्रविज्ञान प्रतिष्ठान स्थापना गरेका थिए । जहाँ अस्पताल, क्लिनिक, प्रशिक्षण र आँखा बैंक छ । जहाँ निश्चित शुल्क उठाउने गरिन्छ । उक्त शुल्कबाट गरिब बिरामीहरु, जस्तै ठूलीमायाको लागि उपचार गरिन्छ । तिलगंगामा वर्षेनी ३० हजार विरामीको उपचार हुने गरेको छ । तिलगंगाले वार्षिक रुपमा ४ लाख ५ हजार साना लेन्स् बनाउँछ, जुन मोतीबिन्दूको अप्रेसनको लागि प्रयोग गरिन्छ । एउटा लेन्सको मूल्य ३ सय रुपैयाँ पर्छ । यहि लेन्सलाई पश्चिमा मुलुकमा २० हजार रुपैयाँ भन्दा बढि पर्छ । लेन्स्को गुणस्तर उच्च हुन्छ । लेन्सहरु युरोपका केहि देशसहित ५० भन्दा बढी देशमा निर्यात हुनेगर्छ । आँखा गुमाउनेहरुको लागि पनि तिलगंगाले दुरुस्तै देखिने कृत्रिम अंग बनाउने गरेको छ । जसको मूल्य पनि ३ सय रुपैयाँ पर्छ । पश्चिमा देशमा यहि कृत्रिम अंगको मूल्य १५ हजार रुपैयाँ भन्दा बढि पर्छ । यो प्रक्रिया विश्वभरि प्रयोग हुने गरेको छ । अमेरिकन सोसाइटी अफ मोदीबिन्दू र अपवर्तक सर्जरीका पूर्वअध्यक्ष डा. डेभिड एफ चाङले डा. रुइतबारे व्याख्या गर्दै भने, ‘विश्वकै एक महत्वपूर्ण नेत्ररोग विशेषज्ञ ।’ ६१ वर्षीया रुइत नेपालको पूर्वी पहाडमा हुर्केका थिए । उनले भारतमा मेडिकल शिक्षाको अध्ययन गरेका थिए । अहिले उनी कम आय भएका देशको लागि मोडेल जस्तै बनेका छन् । ‘यदि हामी नेपालमा गर्न सक्छौ भने यो संसारको जुनसुुकै स्थानमा गर्न सकिन्छ ’, उनले भने । यो विजयी यात्रामा दृष्टिबिहीन एक दुर्लभ र नियन्त्रण गर्न कठीन कार्य हो भन्ने कुरामा केन्द्रीत हुनुपर्छ । भिटामिन ए को क्याप्सुललाई २ रुपैयाँ पर्छ जसले वर्षेनी २ लाख ५० हजार भन्दा बढी बालकमा हुने दृष्टिबिहीनलाई रोक्ने गरेको छ । हेटौडामा गरिएको अप्रेसनको एक दिनपछि ठूलीमाया र अन्य १०१ बिरामीहरुको आँखामा लगाइएको पट्टी खोलियो । डा. रुइतले सावधानीपूर्वक ठूलीमायाको आँखाको पट्टी खोलिदिए । अनि उनले केहि पटक आँखा झिम्क्याइन् । उनी आफू अगाडी रहेका मानिसहरुलाई केहि वर्ष पछि फेरि देख्न सक्ने भइन् । उनले आँखा झिम्क्याएर आफ्नो दृष्टिको परिक्षण गरिन्, दृष्टि २०–२० को हिसाबले आइरहेको थियो । ‘म रंगको सहयताले वरिपरितको स्थान थाहा पाउने गर्थे,’ ठूलीमायाले मुस्कुराउँदै भनिन्, ‘अब म उठ्न र हिड्न सक्ने भए । ’ पाठकज्यूहरु, मानवीय सहयोगबारे तपाईका शंकाहरु मलाई बताउनुहोस् । मानिसहरुलाई सहयोग गर्नु देखिएजस्तो सजिलो छैन भन्ने कुरा सत्य हो । तर, कहिलेकाहिँ सहयोग एकदमै चमत्कारिक हुन्छ । जस्तै, मानिसको आँखाको ज्योति फर्काउन एउटा आँखाको सर्जरी २५ सय रुपैयाँ र दुई वटा आँखाको सर्जरी ५ हजार रुपैयाँमा । ‘कम पैसामै यसको उच्च प्रभाव हुन्छ,’ दृष्टिबिहीनको उपचार गर्ने बताउँदै डा. रुइतले भने । जतिबेला ठूलीमाया भने खुसीले नाचिरहेकी थिइन् । (क्रिस्टोफले ‘न्यूयोर्क टाइन्स’का लागि लेखेको यो लेख नेपालीपत्रका सीताराम कोइरालाले अनुवाद गरेका हुन् । क्रिस्टोफ न्यूयोर्क टाइन्सका कोलमिस्ट हुन् । )