Breaking News

आयो स्मार्ट ऐना, जसले मेक अप गर्न सिकाउँछ

Feb Tue 2020 05:40:23

623 views

आयो स्मार्ट ऐना, जसले मेक अप गर्न सिकाउँछ
मेक अप गर्न सहयोग गर्ने स्मार्ट ऐना बजारमा आएको छ । यो ऐनाले अनुहार मात्र होइन तपाईको मुटुको धड्कन नाप्न सक्छ । यस ऐनामा जर्मनीको इन्फिनन टेक्नोलोजीज एजीको थ्रीडी क्यामेरा र राडार चिप्स प्रयोग गरिएको छ । ऐनाले तपाई हिँडेका बेला मुटुको गति कति छ भन्ने पनि जानकारी गराउनेछ । उत्पादकले स्‍मार्ट ऐना बिक्रीको सबैभन्दा ठूलो आधार तस्वीर खिचेर मानिसको अनुहारको छालाको विश्लेषण गर्ने विशेषतालाई लिएको छ । यस ऐनाको माथिल्लो भागमा रहेको क्यामेराले एउटा सेल्फी खिच्नेछ र ती विवरणहरुको आधारमा विश्लेषण गर्न थाल्छ । यसले तपाईको अनुहारको छाला कालो, चाउरी परेको, आदि के कस्तो विशेषता छ सबै बताइदिनेछ । अमेरिकाको मरर नामक कम्पनीले स्मार्ट ऐन बनाएको हा । यसको सुरुवाती मूल्य ९९ डलर वा ७१ युरो तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?