Breaking News

आइतबारबाट पम्पले ४ दिन नीजि मोटरसाइकल र कारलाई पेट्रोल बाँड्ने कहाँ कहाँ बाट पाइन्छ तेल ?

Feb Tue 2020 05:40:12

380 views

आइतबारबाट पम्पले ४ दिन नीजि मोटरसाइकल र कारलाई पेट्रोल बाँड्ने कहाँ कहाँ बाट पाइन्छ तेल ?

नेपाल आयल निगमले आइतबारबाट निजी सवारी साधनलाई इन्धन बाँड्ने भएको छ  । आयल निगमले आइतबारबाट निजी सवारीसाधनलाई इन्धन वितरण गर्ने तयारी थालेको हो । चीनबाट अनुदानमा आएको पेट्रोल मौज्दात रहेको र भारतबाट समेत केही मात्रा पेट्रोल आएका कारण उपत्यकामा निजी सवारीलाई इन्धन वितरण गर्न लागेको आयल निगमले जानकारी दिएको छ । उपत्यकामा आइतबारबाट पेट्रोल बाँड्ने गृहकार्यमा जुटेको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले बताए । चीनबाट शुक्रबार अन्तिम खेप पेट्रोल आउन लागेको उनले बताए । पेट्रोल बोकेका ३४ ट्यांकर नेपाल प्रवेश गरिसकेको र शुक्रबार काठमाडौं आइपुग्ने उनले बताए । ३४ ट्यांकरमा करिब साढे तीन लाख लिटर पेट्रोल छ । यसपटक पनि आयल निगमले दर्ता(लट)का आधारमै पेट्रोल बाँड्ने तयारी गरेको छ । तर, यसपटक मोटरसाइकल र कार, जिप, भ्यानलाई बेग्लाबेग्लै दिनमा पेट्रोल बाँड्ने तयारी छ । मोटरसाइकललाई दर्ताका आधारका सुरुका ४ दिनसम्म पेट्रोल बाँड्ने निगमको तयारी छ । ‘एकैदिन सबैलाई बाँड्नुभन्दा पालैपालो सुरुमा मोटरसाइकल र त्यसपछि ४ पांग्रे निजी सवारीलाई बाँड्दा सजिलो हुने निगमले विश्वास लिएको छ,’ शर्माले भने । मोटरसाइकललाई तिहारअघि ३ दिन लगाएर तेल बाँडिएको थियो । तर, ३ दिन बाँड्दा पनि पम्पमा भीड भएकाले अब ४ दिन गर्न लागिएको उनले बताए । उनले भने, ‘मोटरसाइकलको पालो सकिएपछि कारलाई पनि चार दिन लगाएरै दर्ताकै आधारमा तेल दिने सोचमा छौँ ।’ ‘सडकमा तेल भर्ने सवारीको अनावश्यक लाइन नहोस् भनेर पनि मोटरसाइकल र ४ पांग्रेलाई अलग–अलग गर्न गर्ने सोच बनाएका हौँ,’ उनले भने । मोटरसाइकलले ५ लिटर र कार, जीप, भ्यानले १५ लिटर इन्धन पाउने व्यवस्था छ । यसैबीच आयल निगमले शुक्रबार उपत्यकाको ३२ स्थानबाट ९६ हजार लिटर मट्टीतेल बाँड्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?