सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मीश्रले नेपालका प्रमुख डाटाहरु भएको बैक तथा बित्तिय संस्था र सरकारी क्षेत्रहरु समेत साइवर सुरक्षाको जोखिममा रहेकाले यसको न्यूनिकरणको अभियानमा इन्फोसेक नेपाल जस्तै अन्य आइसिटी संघ संस्था, मिडिया पत्रकार सुरक्षा सचेतना अभियानका लागि क्रियाशील रहनुपर्ने बताए । साथै सरोकारवा निकाय र क्षेत्र पनि साइवर सुरक्षा प्रति गम्भीर हुनुपर्ने मिश्रले जोड दिए ।
वर्कसपमा डा. प्रमोद पराजुलीले Risk-Based Approach: Why compliance is not enough?, रामकृष्ण परियारले Network Infrastructure Security, श्रीदीप रायमाझीले Cyber Security and Current Issues, अवर्तन ढकालले Security Community Researcher of Nation र नवीन केसीले Cyber Security GAP on Banking Sector विषयको बारेमा सहभागीहरुलाई साइवर अपराध र बैकिग सुरक्षाबारेको ज्ञान र जानकारी शेयर गरेका थिए ।