Breaking News

सूचना प्रविधि ऐन आउँदै, सूचना प्रविधिलाई खुल्ला, पारदर्शी, व्यवस्थित गर्न

Feb Wed 2020 02:40:25

801 views

सूचना प्रविधि ऐन आउँदै, सूचना प्रविधिलाई खुल्ला, पारदर्शी, व्यवस्थित गर्न
- साबु बस्नेत, काठमाडौँ  सरकारले सूचना प्रविधिलाई खुला, पारदर्शी, र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउने भएको छ । नयाँ सूचना प्रविधि ऐनको मस्यौदाबारे राय तथा सुझाव संकलनका लागि मन्त्रालयमा आयोजित कार्यक्रममा सूचना प्रविधि ऐन ल्याउने तयारी भइरहेको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी गराए । ऐनबारे राय तथा सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गदै सूचना प्रविधि ऐनले सूचना प्रविधि व्यवसायलाई व्यवसायिक बनाउन मद्दत गर्ने राज्यमन्त्री बाँस्कोटाले बताए । प्रस्तावित नयाँ सूचना प्रविधि ऐनले हालको विद्युतीय कारोवार ऐनमा रहेको विद्युतीय तथा डिजिटल हस्ताक्षरसम्बन्धी प्रावधानलाई समयानुसार अद्यावधिक गरिएको, विद्युतीय शासन, डोमेन नाम दर्ता तथा व्यवस्थापन, सूचना सुरक्षा, साइवर सुरक्षासम्बन्धी प्रावधान राखिएको छ । सूचना प्रविधि ऐनले सूचना प्रविधिको व्यवस्थापन व्यवसायिकतासँगै नागरिकको पहुँच सूचना प्रविधिमा पुग्ने दाबी सञ्चार तथा प्रविधि मन्त्रालयका सचीव महेन्द्रमान गुरुङले दाबी गरे । सूचना प्रविधि क्षेत्रको बृहत्तर विकासका लागि एकद्धार नीति र ऐनको आवश्यकतालाई मध्यनजर गरेर नयाँ सूचना प्रविधि ऐन ल्याउन लागिएकाृे सूचना प्रविधि बिभागका महानिर्देशक लक्ष्मी प्रसाद यादवले बताए । प्रस्तावित मस्यौदालाई सर्वसम्मत नागरिकको हितमा ल्याउने गरी राय सुझावका लागि आयोजित कार्यक्रम मन्त्रालयकै मातहतमा गरिएको पनि यादवले स्पष्ट पारे । सूचना प्रविधि विभागद्वारा तयार पारिएको प्रस्तावित नयाँ सूचना प्रविधि ऐन मस्यौदाबारे छलफल कार्यक्रममा सञ्चार तथा प्रविधि राज्यमन्त्री, सचिव, सूचना प्रविधि बिभागका महानिर्देशक, सम्बन्धित अन्य मन्त्रालयका प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका विज्ञहरु, कानून निकायका विज्ञ र सूचना प्रविधि क्षेत्रका पत्रकारहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?