Breaking News

ईन्भेष्टमेन्ट बैंकको शेयरमा लगानी गर्न चाहनुहुन्छ भने आफूसँग भएको पैसा बचत राखिछाड्नुहोस, चाडै आइपीओ आउदैछ

Feb Tue 2020 05:40:40

409 views

ईन्भेष्टमेन्ट बैंकको शेयरमा लगानी गर्न चाहनुहुन्छ  भने  आफूसँग भएको पैसा बचत राखिछाड्नुहोस, चाडै आइपीओ आउदैछ

तपाइँसँग पैसा छ र राम्रो बाणिज्य बैंकको शेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने तयार रहनुहोस् । निजी क्षेत्रको सर्वाधिक बलियो र पूँजी अनुसार उत्कृष्ट कमाई गरिरहेको नेपाल ईन्भेष्टमेन्ट बैंक(NIB)ले ठूलो परिमाणमा साधारण शेयर निश्काशन गर्न लागेको छ । कम्पनीले फरदर पब्लिक अफरिङ अर्थात एफपीओ जारी गरेर सर्वसाधारणको हिस्सा बढाउन लागेको हो । यो तपाइँका लागि सुनौलो अबसर हुनसक्छ ।

चार अर्ब ७७ करोड चुक्ता पूँजी रहेको ईन्भेष्टमेन्ट बैंकले सर्वसाधारणको हिस्सा २० बाट ३० प्रतिशत पुर्याउन अतिरिक्त मूल्यमा शेयर जारी गर्न लागेको हो । बैंक संचालक समितिको साउन १८ गते बसेको बैठकले एफपीओ जारी गर्ने निर्णय गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएको छ ।

ईन्भेष्टमेन्ट बैंकको शेयर शाखाका एक अधिकारीले ६८ लाख कित्ता शेयर प्रिमियममा निश्काशन गर्ने तयारी सुरु भएको जानकारी दिए । उनले बिशेष साधारणसभा आब्हान गरी एफपीओ जारी गर्ने बारेमा तयारी अगाडि बढेकाले बढीमा दुई महिनाभित्र लगानीकर्ताले शेयरका लागि ओबदन गर्न पाउने उल्लेख गरे । एफपीओको मूल्यको सवालमा उनले हाल दोस्रो बजारमा प्रतिकित्ता ८०० रुपैयाँको हाराहारीमा रहेको मूल्य भन्दा एकदेखि डेढसय रुपैयाँसम्म कम न्युनतम मूल्य तोकिनसक्ने संभावना ब्यक्त गरे ।एफपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी पाँच अर्ब ४५ करोड नाघ्ने उनको भनाई छ ।

यसरी प्रिमियम मूल्यमा शेयर जारी गर्दा थप हुने न्यु्नतम रकम चार अर्ब कम्पनीको जगेडा कोषमा थप भई बैंक झन् सबल हुने देखिएको छ ।  बैंकको हाल जगेडा कोषमा चार अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बर्षेनी आकर्षक बोनस शेयर दिएर पूँजी बढाउँदै आएको ईन्भेष्टमेन्ट बैंकले खुद नाफाको दर पनि सोही अनुपातमा कायम राख्दै आएको छ ।

बैंकले गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ५२ करोड खुद नाफा गरेर प्रति शेयर आम्दानी ४२ रुपैयाँ कायम गरेको छ । ठूलो बैंक भए पनि निस्क्रिय कर्जा अनुपात घटाएर १.२८ मा सिमित राख्न बैंक सफल छ । पीई रेसियो १६.५४, प्रति शेयर नेटवर्थ १९८ र प्रति शेयर सम्पतिको मूल्य २००५ रुपैयाँ भन्दा माथि हुनु पनि बैंकको अर्को आकर्षक पक्ष हो । ८१ अर्ब निक्षेप रहेको बैंकसँग डिबेन्चर र बण्डहरु पनि करौडौको छ ।

एफपीओ जारी गरेपछि नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी आफै पुर्याउन बैंकलाई झन् सजिलो भएको छ । बैंक आफैले बोनस शेयर दिएर आगामी दुई बर्ष भित्रमा तोकिएको पूँजी सजिलै पुर्याउनसक्नेछ । गत सोमबार बैंकका एक प्रबद्र्धकले २६ करोड रुपैयाँको संस्थापक शेयर दोस्रो बजारमार्फत बेचेको घटनालाई एफपीओ जारी प्रक्रियासँग जोडेर हेर्न सकिन्छ । ईन्भेष्टमेन्ट बैंकमा १५ प्रतिशत स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकले गत बर्ष ६८ लाख कित्ता संस्थापक शेयर आकर्षक मूल्यमा बेचेर  बाहिरिएको थियो ।

राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुमा संस्थापकहरुको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्न निर्देशन दिएको भए पनि ईन्भेष्टमेन्ट लगायतका केही बैंकहरुमा सर्वसाधारणको हिस्सा निकै कम छ । राष्ट्रिय बीमा संस्थानलगायतका कम्पनीहरुले इन्भेष्टमेन्टको संस्थापक शेयरको ठूलो हिस्सा ओगटेका छन् ।

ईन्भेष्टमेन्ट बैंकले सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गरेपछि थप १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न अनुमति पाउने छ । यसपछि अरु लाखौं कित्ता साधारण शेयर दोस्रो बजारमा आउने छन् र मूल्यमा सन्तुलन कायम गर्न शेयरको मूल्य घटबढको अबस्था सिर्जना हुने आँकलन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?