Breaking News

सामाजिक अपराध विरूद्धको अभियानमा सबै एक भएर जुटौ : एस्एसपी सर्बेन्द्र खनाल

Feb Tue 2020 05:40:25

577 views

सामाजिक अपराध विरूद्धको अभियानमा सबै एक भएर जुटौ : एस्एसपी सर्बेन्द्र खनाल

काठमाडौं । १०६ औ अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर वैदेशिक रोजगारमा महिला कामदारको न्याय सुरक्षा र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमक्रम सम्पन्न भएको छ । सकारात्मक विकास सञ्चार केन्द्रले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै शंसाद सेरबहादुर तामाङले बैदेशिक रोजगारका नाममा मनाव तस्करी रोक्न सरकार र सम्बन्धित निकायका सबै संयन्त्र लाग्नु पर्ने बताए । उनले बैदेशिक रोजगारमा महिला र पुरूष कामदारहरुको सुरक्षित र न्यायको ग्यारेण्टीका साथ समान ज्यालाको व्यवस्था हुनुपर्ने र सरकारले कम परिश्रममा नेपाली कामदार पठाउन नसक्ने अडान राख्नुपर्ने जिकिर गरे । त्यस्तै महानगरिय अपराध महाशाखाका प्रमुख एस्एसपी सर्बेन्द्र खनालले मेनपावर र बैदेशिक रोजगारको नाममा ठागी धन्दा गरेको भन्दै त्यस्ता अपराधिक गिरोहहरूलाई कारवाही गर्न तयार रहेको बताउँदै आम नागरिकले साथ दिनुपर्ने बताए । प्रहरीको काम अपराधीलाई कारवाही गर्नु हो तर सबैले  सामाजिक अपराध विरूद्ध अभियानमा सबै वर्ग समुदायले प्रहरीलाई साथ दिन आग्रह गरे । उनले बोल्दै  राजनीतिक दलका आडमा कुनै पनि अपराधी गिरोहालाई संरक्षण नदिन सरोकारवालालाई ध्यानाकर्षण गराए । कार्यक्रममा बोल्दै आशा एच्फो फाउण्डेशनका अध्यक्ष आशा लामाले अशिक्षित चेलिवेटीलाई सरकारले खाडीमुलक पठाएर श्रम तथा यौन शोषण जस्ता कार्य बनाउन बाध्य बनाएको कुरा उल्लेख गर्दै घरेलु कामदारमा पठाउने कार्य नदो¥याउन माग गरे, साथै अगामी दिनमा महिलालाई दक्ष बनाए संस्थागत रुपमा पठाउँदा मात्र सुरक्षित हुने बताए । महिला ब्युटीपार्लर र टेलरिङको सीप मात्र सिक्ने नभई प्राविधिक सीपमा पनि सरकारले समान अवसर दिनु पर्ने बताए । त्यस्तै बोल्ने क्रममा बिनिता बिन्दू ढकालले बैदेशिक रोजगार कामदारलाई प्रहरी संंगठनले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा मात्र नभएर प्रत्येक गाउँ गाऊँमा शिक्षा, चेतना र सुरक्षाको अभियान चलाउनु पर्ने व्यक्त गरिन् । समाजमा भएका लैङिगक विभेदलाई अन्त्य गर्न आफैबाट लाग्नु पर्ने भन्दै महिला अधिकार र न्यायका लागि सचेतनाका माध्यमबाट सामाजिक रूपान्तरणमा लाग्न सबै अधिकारकर्मीहरुलाई अह्वान गरिन् । ss तामाङ कतार समाजका उपाध्यक्ष तीर्थ थिङ तामाङले हाम्रो जस्तो रेमिटेन्सले धानेको अर्थतन्त्र भएको मुलुकलाई साँच्चै मजबुद बनाउने हो भने बैदेशिक रोजगार व्यवसायीलाई अझ सुरक्षित र व्यवस्थित बनाउन सरकारले पहल गर्नु पर्ने कुरा उल्लेख गरे । तामाङ भने नक्कली कागाजात पेश गरेको भरमा विभिन्न मेनपावर कम्पनिमार्फत कामदार पठाउँदा समस्या निम्त्याएको र यसलाई तत्काल सरकारले अनुगमन गरेर नियान्तत्रण गर्नुपर्ने बताए । युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडा, महिला आयोगका कानुन विशेषज्ञा सरज राज थापा, नेपाल अध्यागन विभागका अधिकृत बालराम हछेठु लगाएतले धारणा राखेका थिए । कार्यक्रमको अन्त्यमा सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले देशको आधा हिस्सा ओगाटेको नारीको सम्मानमा सबै लाग्नु पर्ने र महिला हिंसा, यौन दूव्र्यवहार जस्ता अपराधिक क्रियाकलाप रोक्न सबैले जागरण अभियान सञ्चालन गर्नुपर्ने सञ्चारमाध्यमलाई जानकारी दिए । कार्यक्रम आशा एच्फो फाउण्डेशनको सहकार्यमा भएको थियो ।sw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?