Breaking News

प्रचण्डलाई गोली हान्न हिडेका लडाकु किन यसरी रोकीए ?

Feb Tue 2020 05:40:56

716 views

प्रचण्डलाई गोली हान्न हिडेका लडाकु किन यसरी रोकीए ?

काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोली ठोक्न हिडेका माओवादी पूर्वजनमुक्ति सेनाका लडाकुलाई नेत्रविक्रम चन्द्र ‘विप्लव’ र माइला लामाले रोकेको खुलासा भएको छ ।

सेना समायोजनका क्रममा माओवादीका तत्कालिन जनमुक्ति सेनाको जीवन बर्बाद पारेको भन्दै केही लडाकु प्रचण्डलाई गोली ठोक्न हिड्दा विप्लव र लामाले सम्झाएर पठाएको खुलासा भएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता माइला लामाले प्रचण्डलाई गोली ठोक्न हिडेका लडाकुलाई रोकेको खुलासा गरेका हुन् । नयाँ पेजसँग लामाले भने,‘तेस्रो डिभिजनका कयौँ लडाकुहरु प्रचण्डलाई गोली ठोक्छौँ भनेर मेरामा आइपुगेका थिए ।’

प्रचण्डलाई गोली ठोक्न हिडेका लडाकुलाई विप्लवले धेरै समय सम्झाएका थिए ‘गोली ठोक्छौँ भनेर आक्रोशमा आएका लडाकुलाई कमरेड विप्लवले धेरै सम्झाउनुभयो,’ लामाले भने, ‘म पनि विप्लवसँगै बसेर सम्झाए । जति सम्झायो उनीहरु उति आक्रोशित भएका थिए ।’ लडाकुहरुले प्रचण्डले लडाकुको पैसा खाएकोप्रति समेत आक्रोश पोख्दै गोली ठोक्छौँ भनेको समेत लामा सम्झछन् । प्रचण्डलाई गोली ठोक्छौँ भनेर हिडेका लडाकुलाई सम्झाउने क्रममा लडाकुले भनेको उद्धृत गर्दै लामाले भने, ‘दाइ यसले हाम्रो जिन्दगी बरबाद गर्यो । हाम्रो पैसा पनि लुटेर खायो । यो सालेलाई गोली हान्छौँ ।’

लामाले जनयुद्धमा प्रचण्डले लाखौँ युवालाई देखाएको सपना विपरित प्रचण्ड अघि बढेकाले माओवादी पूर्वलडाकुमा प्रचण्ड विरुद्ध अझै आक्रोश बाँकी रहेको समेत बताएका छन् ।

लामाले हिजो प्रचण्डका निम्ति छातीमा गोली थाप्छु भनेर हिडेका युवा उनलाई नै गोली ठोक्छु भन्दै आउनु अनपेक्षित विषय भएको बताए । लामाले भने, ‘हिजो प्रचण्डका निम्ति छातीमा गोली थाप्ने मान्छे शान्ति प्रक्रियामा आएपछि प्रचण्डलाई गोली हान्छु भनेर आउनु अनपेक्षित कुरा हो ।’

लामाले प्रचण्डले लाखौँ युवाको जिन्दगी बरबाद पारेर १० वर्षसम्म गरेको जनयुद्धको लक्ष्यलाई क्षतविक्षत पारेको प्रति युवामा अझैँ आक्रोश बाँकी नै रहेको समेत बताएका छन् । प्रचण्डसँगै जनयुद्धमा होमिएका लामाले जनताको सपनामा कुठाराघात गरेकाले प्रचण्डको मराई पीडादायी र कहालीलाग्दो हुने दाबी गरेका छन् । लामाले भने, ‘प्रचण्डको मृत्यु सम्भवत अरुको भन्दा एकदम भिन्न हुनेछ । भौतिक रुपमा कसरी बित्नुहुन्छ थाहा छैन् । तर, उनको अन्त्य साच्चिकै पीडादायी र एकदमै कहालीलाग्दो हुनेछ ।’

लामाले प्रचण्डले गरेको विश्वासघात पचाउन प्रचण्डलाई नै गाह्रो हुने समेत बताएका छन् । लामाले भने, ‘गाउँघरमा धुरीबाट पाप कराउछ भनेझै प्रचण्डले गर्नुभएका विश्वासघात, धोकाधरी र विचलनको एउटा यस्तो मार उहाँले सहनुपर्ने छ जसको परिणाम सहन र पचाउन धेरै गाह्रो हुनेछ ।’

- Nepalsandesh.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?