Breaking News

मलाई ‘द सेकेण्ड सेक्स’ मन पर्छ – सामना पहाड

Feb Tue 2020 05:40:27

694 views

मलाई ‘द सेकेण्ड सेक्स’ मन पर्छ – सामना पहाड

पर्खाल भित्रको घाम” कविता किताब लेखेर एकाएक चर्चामा आएकी छन् कवि सामना पहाड । पहाड समसामयिक नेपाली साहित्यको अब्बल कविको नाम हो ।  उनका गजल पथका यात्रीहरु( संयुक्त  संग्रह २०६१ )नेपाली गजलमा नारी हस्ताक्षर (संयुक्त संग्रह २०६२) र समय समयका स्वरहरु ( संयुक्त कविता संग्रह २०६५ )चितवनका कबि र कविता ( संयुक्त  कविता संग्रह २०७०) गरी चार संयुक्त  गजल कविताका किताब बजारमा आएका छन ।

दर्जनैको संख्यमा मानसम्मान र पुरस्कार पाइसकेकी पहाड वाल्मिकी साहित्य सदन चितवन साहित्य परिषद, चितवन बाङमय प्रतिष्ठान नेपाली लेखक संघ ,नारी लेखक संजाल, चितवन जस्ता आधा दर्जन साहित्यक संघ सस्थामा पनि आवद्ध छिन् । पेशाले शिक्षक उनी अभुदय मासिक र मधुलिकाको सम्पादक समेत हुन् । हालै नेपाली साहित्यको क्षेत्रमा पुयाएको योगदानको कदर गर्दै  साहित्य संगम चितवनले सहीद शिव पौडेल स्मृति पुरस्कार २०७२ ले सम्मान गरेको छ । यसै सन्र्दभमा पर्ल स्ट्रीट जर्नलको लागी प्रकाश अधिकारीले गर्नु भएको प्रस्तुत छ संक्षिप्त कुराकानी :

  • सामना पहाड को  हो   ?

म  एक कविता कोर्ने मान्छे र साहित्यसेवी  हु  l

  • यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?

विदयालय जिवन देखि जीवनका उतारचढाव, साहित्यक माहोल र  सगत ले गर्दा प्रवेश  भयो l

  • तपाईंका हालसम्म प्रकाशित गर्नुभएका कृतिहरू बारेमा बताइदिनुहुन्छ कि?

एकल कृति ‘पर्खाल भत्रको घाम’ संयुक्त कृतिहरूमा चितवनका कवि र कविता, समय समयका स्वरहरु , गजलपथका यात्रिहरु,नेपाली गजलमा नारि हसताक्षर आदि l

  • भर्खरै   पर्खाल भत्रको घामले   सहीद शिव पौडेल स्मृति पुरस्कार पाउदा कस्तो महसुस  गर्नु भयो  ?

गम्भीर जिम्मेबारी काधमा आएको छ l म त्यो पुरा  गर्ने  कोसिस गर्ने छु  l

  • कस्तो समयमा लेख्ने भावना फुर्छ ?कुन विधामा लेख्ता विशेष आनन्द महसुस गर्नुहुन्छ ?

जब कुनै  घटना वा बिषयबस्तुले कम्पन गर्छ  हृदयमा l कविता,निबन्ध र कथा l

  • कस्ता प्रसंग हरुले यहाँलाई गम्भीर बनाउछन?

समाजका विभेद,बिकृती,विसङगति, अन्याय अत्याचार र हिसाका घटनाहरुले गम्भीर बनाउछ l

  • भावुक भएको बेला के गर्न रुचाउनु हुन्छ ?

भावुक भएको  वेला चिन्तन,मनन,अधययन र लेखन गर्छु l

  • अहिलेको नेपाली साहित्यको स्थितिबारे तपाईंको धारणा कस्तो छ?कत्तिको सकारात्मक देख्नुहुन्छ?

वर्तमान साहित्यको स्थिति उर्जाशिल फरक लेखन शैलीका पक्षमा र परिवर्तनगामि देखिन्छ तथापि साहित्यमा व्यवसायिक्ता हुने  चरणनमा  जादै छ l

  • हाल विकास भएको सूचना प्रविधि र यसको नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

प्रविधिले साहित्यलाई एकै निमेशमा संसारको पहुचमा पुराउन सयोग गर्छ l  साहित्यको  उत्थान र  विकास सहयोगी त बन्यो  तर प्रविधिको प्रयोग गर्न नसक्ने असल सर्जक जोकिम पनि देखिन्छ  l प्रविधिको सदुपयोग भन्दा बढी  अहिले दुरुपयोग बढेको  छ  l यो  अभिशाप हो  l

  • साहित्यलाइ नै अंगालेर साहित्यकारहरुले जीविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन ?

छ , तर बहुत कमै मात्र यो  अवस्थामा  छन् l यस बिषयमा बहस र सचेतता बढदो छ l यो  सकारात्मक छ  l

  • नेपाली साहित्यको सुदूर भविष्य कस्तो देख्नुहुन्छ ?

यो आकलन क्षमता मसंग कमि  होला तथापि मेरो आकलन साहित्यको साधना समाज रुपानतरणका लागि अनिवार्य छ र भविष्य उज्जवल छ l  नया नया आयामहरु थपिएका छन् l  थपिदै जने छन् l यो   राम्रो  पनि  हो  l

  • जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ?

सन्तुष्ट छु l

  • सन्तुष्ट हुने कारणहरू ?

मेरो  विचारमा मानव जिवन अपार,अमुल्य र क्षणिक छ    l चुनौतिहरु  सामना र उपलब्धिको  सम्मान गर्दै समय सापेक्ष परिवर्तन हुन सकेमा सन्तुष्ट हुन सकिनछ l

  • स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असल मानिस हो ?

आज सम्म सफलनै  छु  l

  • के रहेछ त बास्तवमा जिन्दगी भनेको?

जिन्दगी जिउने एक संयोग हो  l केही गर्नु हो  l  अनेक आयामका उकाली ओरालीहरुको  यात्रा हो l

  • अब जीवनको धोको के रहेको छ ?

साहित्यको अधययन लेखन, चिन्तन् ,मनन ,समाज रुपानतरणका लागि सामाजिक कार्य,योग, ध्यान आदि l

  • मन नपरेका केही पुस्तकहरु?

आज सम्म त्यस्तो कुनै पुस्तक भेटिएको छैन l

  • निकै मन परेका केही पुस्तकहरु?

सिमोनको ‘द सेकेण्ड सेक्स’,रोशन दहालको ‘काचुली’ मन्जुलको ‘लयाम्पोष्ट वाट खसेको जुन’

रोण्डा ‘बाइनको द सेकरेट’ आदि l

धन्यबाद !

-Source: http://www.pearlstjournal.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?