Breaking News

अबदेखि मोवाइल एप्सबाटै धितोपत्र कारोबार गर्न सकिने

Feb Tue 2020 07:17:06

607 views

अबदेखि मोवाइल एप्सबाटै धितोपत्र कारोबार गर्न सकिने

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले मोबाइल एप्सबाटै धितोपत्र खरिदबिक्री गर्ने व्यवस्था गर्ने भएको छ ।

नेप्सेको अनलाइन प्रणालीमा रहेको टीएमएस ट्रेडिङ मेनेजमेन्ट सिस्टम को प्रयोग गरी हाल ब्राउजरमार्फत मात्र धितोपत्र किनबेच गर्न सकिने व्यवस्था छ । जसबाट डेस्कटप वा मोबाइलमा ब्राउजर खोलेर मात्र टीएमएसमार्फत अनलाइन धितोपत्र कारोबार गर्न सकिन्छ  । 


स्रोतका अनुसार सेयर किनबेच गर्न मिल्ने टीएमएसको मोबाइल एप्स तयार हुन लागेको हो । यो एप्स एण्ड्रोइडका लागि गुगल प्लेस्टोर र आइफोनका लागि एपस्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइँदैछ । 


यो व्यवस्थापछि आफ्ना ब्रोकरबाट नेप्सेको अनलाइन लगइन लिएका कारोबारीहरुले मोबाइल एप्सबाटै धितोपत्र किनबेच गर्न सक्नेछन् । हाल टीएमएसमै भएका सेवासुविधाहरु नै मोबाइल एप्समा पनि उपलब्ध गराउने नेप्सेको तयारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?