Breaking News

अनलाइनबाटै ई–पास पाइने, कसरी लिने ई पास ?

Apr Mon 2020 08:29:03

1879 views

अनलाइनबाटै ई–पास पाइने, कसरी लिने ई पास ?

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी) को समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई–पासको व्यवस्था सुरु गरिएको छ ।

ई–पास लिनका लागि https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ ।

यो प्रणाली मङ्गलवारदेखि सुरु हुनेछ ।

गृह मन्त्रालयले खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईनमार्फत फारम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?