Breaking News

सोसल मिडिया बन्द गरिदिने ट्रम्पको धम्की

May Thu 2020 07:31:32

827 views

सोसल मिडिया बन्द गरिदिने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडिया प्लाटफर्महरू बन्द गरिदिने धम्की दिएका छन् ।

माइक्रो ब्लगिड साइट ट्विटरले आफ्ना ट्विटहरूमा पहिलोपटक तथ्य परीक्षण गर्ने लिंकहरू हालिदिएसँगै राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी दिएका हुन् ।

ट्विटरको पछिल्लो कदमबाट राष्ट्रपति ट्रम्प धेरै नै रिसाएका छन्।राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा हुलाकमार्फत् गरिने मतदानमा फर्जी मतपत्रहरूको जोखिम रहेको सम्बन्धी गरेका ट्वीटमा ट्विटरले फ्याक्ट चेकिंग लिंक हालिदिएको थियो । सोही कारण ट्रम्प ट्वीटरसँग क्रुध भएका हुन् ।

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि भएको ट्विटर र ट्रम्पबीचको यस लडाइँलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?