Breaking News

बैंकको सेवाबारेको गुनासो वेवसाईट, इमेल र टेलिफोनमार्फत राष्ट्र बैंकमा गर्न सकिने

Sep Mon 2020 06:46:13

539 views

बैंकको सेवाबारेको गुनासो  वेवसाईट, इमेल र टेलिफोनमार्फत राष्ट्र बैंकमा गर्न सकिने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाविरुद्ध उजरी गर्नका लागि सर्वसाधारणलाई सहज व्यवस्था गरेको छ। वित्तीय ग्राहकको अघिकार संरक्षण गर्नका लागि वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि जारी गर्दै केन्द्रीय बैंकले उजुरी र त्यसको सुनुवाई गर्ने प्रक्रियालाई सहज बनाएको हो।

कार्यविधिमा वित्तीय ग्राहकहरुले वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारबारे गुनासो गर्ने, गुनासोबारे छलफल तथा व्यवस्थापन गर्न समिति र ग्राहक संरक्षण इकाइको व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ।

कार्यविधि अनुसार अब ग्राहकहरुलाई बैंक तथा वित्तीय संस्थाको व्यवहारबारे गुनासो तथा उजुरी गर्न केन्द्रीय बैंकले छुट्टै वेवसाईट, इमेल र टेलिफोनको व्यवस्था गर्नेछ। ग्राहकहरुले यी तीनवटै माध्यमबाट आफ्नो गुनासो राख्न सक्नेछन्।

ग्राहकहरुका गुनासो सुनुवाई गर्नका लागि बरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा समिति रहने व्यवस्था छ। उक्त समितिमा राष्ट्र बैंकका डेपुटी गभर्नर, नियमन र बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक, अर्थ मन्त्रालयका सह–सचिव, नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?