Breaking News

गुगलले २५० भन्दा बढी एपमाथि प्रतिवन्ध लगायो

Oct Mon 2020 03:37:29

375 views

गुगलले २५० भन्दा बढी एपमाथि प्रतिवन्ध लगायो

एजेन्सी । गुगलले करीब अढाइ सय वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । गुगलले आफ्नो प्ले स्टोरबाट एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत गतिविधि गरेको आरोप लगाउँदै ब्लक गरिदिएको हो ।

ती २ सय ४० वटा एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरी गुगलको नियम उल्लंघन गर्ने गरेको हुँदा प्रतिबन्धित गरिएको जनाएको  छ । 

गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निर्णय गर्दै एपहरुलाई ब्लक गरिएको गुगलले जनाएको  छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?