Breaking News

चिनियाँ ह्याकरले विश्वभर साइबर आतंक मच्चाएको अमेरिकाको आरोप

Jul Sun 2021 03:14:48

791 views

चिनियाँ ह्याकरले विश्वभर साइबर आतंक मच्चाएको अमेरिकाको आरोप

चीनको उच्च जासुसी एजेन्सीमा काम गर्ने चार जना चिनियाँ नागरिकहरूले विश्वभरबाट संवेदनशील सूचनाहरू चोरी गरिरहेको अमेरिकाले जनाएको छ । त्यहाँको न्याय विभागले जारी गरेको एक विज्ञप्ति अनुसार ती चार चिनियाँहरूले संसारभर नै ह्याकिङ अभियान चलाइरहेका छन् । 

उनीहरूलाई अमेरिकाले व्यापार सम्बन्धी गोप्य सूचनाहरू कम्पनीहरूका संवेदनशील विषयहरूदेखि लिएर विश्व विद्यालय र सरकारी निकायहरूको सूचना समेत ह्याक गर्ने गरेको आरोप लगाइएको छ । 

जुलाई १८ तारिकमा न्याय विभागले जनाएअनुसार चिनियाँ सरकारले विश्वभर साइबर आक्रमण गर्ने अपराधिहरुलाई प्रायोजन गर्ने गरेको छ । चीनको सुरक्षा मन्त्रालयले प्रत्यक्षरुपमा यस्ता ह्याकरहरूलाई परिचालन गर्ने गरेको अमेरिकाले आरोप लगाएको छ । चीनको हैनान प्रान्तमा रहेको सुरक्षा विभागले चीन सरकारको त्यस्तो कदमलाई लुकाउने गरेको पनि अमेरिकी आरोप छ । 

यी चार चिनियाँ ह्याकरहरूले उद्योग र व्यापार बाहेक उड्डयन क्षेत्र, रक्षा निकाय, शिक्षा, सरकारी कार्यालय, स्वास्थ्य क्षेत्र औषधि उत्पादकदेखि सामुन्द्रिक व्यापार र न्याय विभाग समेतका सूचनाहरू ह्याक गर्ने गरेका छन् । 

अस्ट्रिया, कम्बोडिया, क्यानडा, जर्मन, इन्डोनेसिया, मलेसिया, नर्वे, साउदी अरब, दक्षिण अफ्रिका, स्विजरल्याण्ड, बेलायत र अमेरिकाबाट यी ह्याकरहरू सूचना संकलन गर्ने गरेको  अमेरिकाले जनाएको छ । यसरी चीन सरकारको आदेशमा विश्वव्यापी ह्याकिङ अभियान चलाउने आरोपीहरूमा वु सुरोङ, दिङजाओ याङ, च्याङ क्युइङमिङ र जु युनमिङ रहेको अमेरिकाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?