Breaking News

राधी विद्युतको बोनस शेयर पाउन अनलाइनबाटै कर यसरी तिर्नुस्

Aug Thu 2021 12:33:33

919 views

राधी विद्युतको बोनस शेयर पाउन अनलाइनबाटै कर यसरी तिर्नुस्

राधी विद्युत कम्पनीले बोनस पाउँनको लागि कर तिर्न आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष ७६र७७ सम्मको मुनाफाबाट ३६।५ प्रतिशत बोनस शेयर सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गर्न लागेको हो । 

शेयर पाउँनको लागि कर तिर्न कम्पनीले आग्रह गरेको छ  । कम्पनीले अनलाइनबाट नै कर तिर्न सकिने जनाएको छ । कम्पनीले कनेक्ट आईपीएसबाट कम्पनीको खातामा कर वापतको रकम तिर्न वा बैंक अफ काठमाडौँको जुन सुकै शाखामा गई बैंकको कमलपोखरी शाखामा खोलिएको बैंक खातामा रकम जम्मा गर्न आग्रह गरेको हो । कम्पनीले कर जम्मा गरिसकेपछि कर जम्मा गरेको भौचर कम्पनीको इमेल आईडिमा radhihydro123@gmail.com मा पठाउन आग्रह गरेको छ । कर जम्मा गर्दा आफ्नो डिम्याट खाता लेख्न पनि कम्पनीले आग्रह गरेको छ । 

आफुले तिर्नु पर्ने कर वापतको रकम र बोनस वापत आउने शेयरको विवरण कम्पनीको वेबसाइटमा रहेको dividend result  मा क्लिक गरेर आफ्नो डिम्याट खाता हालेर वा यहाँ क्लिक हेर्न सकिने छ। 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?