- सावित्री बस्नेत (सबु)
नेपालमा पहिलो साइवर सेक्युरिटी जर्नल प्रकाशन हुने भएको छ । साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपालले पहिलोपटक साइबर सेक्युरिटी जर्नल प्रकाशन गर्न लागेको हो । जर्नलका लागि साइबर सेकुरिटी क्षेत्रका बिज्ञहरु बाट लेख रचनाको लागि खुल्ला आब्हान गरिएको छ।
बढ्दो अनलाइन कारोबार र सुचना प्रबिधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुबिधा संगै थपिएका शुरक्षा चुनौतीलाई अबसरमा बदल्दै मुलुक लाई नै आबस्यक पर्ने साइबर सुरक्षा जनशक्ति तयार गर्न र सुचना प्रबिधि प्रयोगकर्ता लाई जागरण गर्न आबस्यक रहेकोले रिसर्च र इनोभेसनको साथै प्राप्त सुचना र ज्ञानको प्रयोग गरि साइबर सेक्युरिटी जर्नल प्रकाशन गर्न लागिएको जर्नल प्रकाशन समूहले बताए।
२०७८ असोज २०गते सम्पन्न साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै पहिलो साइबर सेक्युरिटी जर्नलको समुद्घाटन कार्यक्रम साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्यको अध्यक्ष्यता र संचार तथा सुचना प्रबिधि मन्त्रालयका सह सचिब श्री अनिल कुमार दत्त को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि श्री अनिल कुमार दत्त ले साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त सहकार्यमा साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै पहिलो साइबर सेक्युरिटी जर्नल साइबर सुरक्ष्या चुनौती ब्यबस्थापन र अवसर सिर्जना गर्न कोशे ढुंगा साबित हुने बताउनु भयो। कार्यक्रमको अध्यक्ष्यता गर्नु हुने प्रा. डा सुबर्ण शाक्यले साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त सहकार्यमा साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै पहिलो साइबर सेक्युरिटी जर्नल साइबर सुरक्षा क्षेत्रमा अन्तरास्ट्रिय स्तरमै अब्बल जर्नल बनाउने बताउनु भयो।
सो कार्यक्रम मा सुचना प्रबिधि बिज्ञहरु डा राजिब सुब्बा , रोम कान्त पाण्डे ,बाबुराम अर्याल र नरेश लाम्गाधे लगायतका अतिथिहरु को उपस्थिति रहेको थियो र उक्त कार्यक्रम मा अतिथिहरुले सुचना प्रबिधि को बढ्दो प्रयोग र उत्पन्न सुरक्ष्या चुनौतिहरु र यसबाट कसरि अवसर सिर्जना गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो।
सुचना प्रबिधि को बढ्दो प्रयोग र उत्पन्न सुरक्ष्या चुनौतिहरु र यसबाट कसरि अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्दर्भमा बढी भन्दा बढी प्रभाबकारिता को लागि साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्य र बग भी का फाउनडर नरेश लाम्गाधे र एनपी सर्टका अध्यक्ष चिरन्जिबी अधिकारि र बग भी का फाउनडर नरेश लाम्गाधे बीच छुट्टा छुट्टै एमवोयु हस्ताक्षर गरि आगामी दिनमा साइबर सेक्युरिटी क्षेत्रका चुनौती लाई अबसरमा बदल्न संग संगै सहकार्य गर्ने सम्झौता समेत सम्प्पन भयो ।
उक्त जर्नलको प्रकाशन कार्य समितिको सहयोग र समन्वयमा संयोजनको जिम्मेबारी डा. राजिब सुब्बा लाइ दिईएको छ।
साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल ले प्रकाशन गर्न लागेको साइबर सेक्युरिटी जर्नलमा सुचना प्रबिधि क्षेत्रमा देखिएका जोखिम ब्यबस्थापन, विश्वका बिकसित मुलुकका अभ्यासहरु ,उपभोक्ता शिक्षा, पासवर्ड ब्यबस्थापन, साइबर सेक्युरिटी रणनीति सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरु आब्हान गरिएको छ ।