Breaking News

गुगलले चीनको ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो

Mar Mon 2023 02:08:34

189 views

गुगलले चीनको  ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो

गुगलले चीनको प्रचार गर्नका लागि उत्पादन गरिएका ५० हजारभन्दा धेरै डिजिटल सामग्री आफ्नो प्लाटफर्मबाट हटाइदिएको छ । गुगलको जोखिम विश्लेषण समूहले युट्युब, एडसेन्स, ब्लगरजस्ता प्लाटफर्ममा रहेका ५० हजारभन्दा धेरै डिजिटल आफ्नो प्लाटफर्मबाट हटाइएको जानकारी दिएको हो ।

गुगलका अनुसार स्पामफ्लज ड्रागन र ड्रागनब्रिज नामक समूहले प्लाटफर्ममा चीनको पक्षधर र अमेरिकाविरोधी सामग्रीहरु सेयर गर्दै आएका थिए ।

यी समूहले विशेषगरी चिनियाँ भाषा बोल्ने गुगलका प्रयोगकर्तालाई लक्षित गरी आफ्नो सामग्रीहरु सेयर गर्दै आएका थिए । यद्यपि यस समूहका केही सामग्रीहरु अङ्ग्रेजी र अन्य भाषामा पनि प्रकाशित हुने गरेको बताइएको छ ।

यद्यपि गुगलका प्रयोगकर्तामाझ चीनसमर्थक यस्ता समूहले उत्पादन गर्ने डिजिटल सामग्रीको पहुँच भने अत्यन्त न्यून रहेको गुगलले जानकारी दिएको छ । ड्रागनब्रिज समूहले सेयर गर्ने ८० प्रतिशत भिडियोमा दर्शक सङ्ख्या १ सयभन्दा कम हुने गरेको गुगलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?