Breaking News

बैंकको चर्को ब्याजविरुद्ध उद्योगी व्यवसायीले घेरे राष्ट्र बैंक

Mar Mon 2023 02:36:42

200 views

बैंकको चर्को ब्याजविरुद्ध उद्योगी  व्यवसायीले घेरे राष्ट्र बैंक

उद्योगी तथा व्यवसायीहरुले सोमबार नेपाल राष्ट्र बैंक घेरेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजबारे सम्बोधन नगरेको भन्दै उनीहरुले राषट्र बैंक घेरेका हुन् । 

उद्योगी व्यवसायीमाथि बैंकहरुले देखाइरहेका दादागिरी राष्ट्र बैंकले वास्ता नगरेको उनीहरुको आरोप छ । 

मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, ब्याज दरमा स्थिरता कायम गर्नुपर्ने, चालु पुँजी निर्देशिका स्थगित गर्नुपर्ने जस्ता उनीहरुको माग छ । 

महंगो ब्याजदर घटाउन माग

माइतीघर मण्डलामा सडकमै उत्रिएर देशभरका करिब १०० वटा व्यवसायी सङ्गठन मिलेर आज ११ बजेदेखि आन्दोलन सुरु गरेका छन् । ब्याजदर घटाउन माग गर्दै आन्दोलन थालेको मोरङ उद्योग सङ्गठनका अध्यक्ष नवीन रिजालले जानकारी दिए । उनीहरुले दिउँसो १ बजेसम्म माइतीघरमा धर्ना दिएका थिए ।

उनीहरुले चर्को ब्याजका कारण उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सृजना भएकाले एकल अङ्कमा ब्याज रहनुपर्ने माग गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?