Breaking News

२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला

Feb Tue 2020 05:40:48

700 views

२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला
अमेरिकी अन्तरीक्ष संस्था नासामाथि साइबर हमला भएको छ । नासाको जेट प्रपल्सन ल्याबोरेटरी (जेपिएल) को प्रणालीमा डाटा चोरीको घटना सार्वजनिक भएको हो । त्यसक्रममा ५ सय मेगाबाइट डाटा चोरी भएको पनि खुलासा भएको छ । विभिन्न २३ वटा फाइलहरुबाट ती डाटाहरु चोरी गरिएको हो । पछिल्लो समय नासामाथि यस्तो खालका साइबर हमलाहरु हुने क्रम बढेको छ । गत वर्ष भएको साइबर आक्रमणका क्रममा नासाका कतिपय संवेदनशील डाटा लिक भएका थिए । रोचक त के भने नासामाथिको पछिल्लो साइबर आक्रमणमा Raspberry Pi कम्प्युटिङ्ग सिस्टमको प्रयोग गरिएको थियो । उक्त सिस्टमको मूल्य २५ देखि ३० डलरसम्म पर्दछ । Raspberry Pi कम्प्युटरको आकार एउटा क्रेडिट कार्ड जत्रै हुन्छ । समाचार अनुसार पछिल्लो पटकको साइबर हमलाबाट ह्याकरहरुले नाशाका केही महत्वपूर्ण मिसनसँग सम्बन्धित डाटा चोर्न सफल भएका छन् । त्यसमा क्योरोसिटी रोबर, मंगल ग्रहमा चल्ने कारजस्तै खालको साधनसँग सम्बन्धित डाटाहरु समेत रहेका छन् । साथै ह्याकरहरुले जेपिएल नेटवर्कमा समेत हमला गरी नासको डिप स्पेस नेटवर्कका डाटा समेत हात पार्न सफल भएका छन् । अन्तरीक्षमा सञ्चारका लागि एन्टेनाको सञ्चालन गर्न डिप स्पेस नेटवर्कको प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?