Breaking News

एटिएम फ्रड र सुरक्षा बारेमा जनचेतना अभियानमा इन्फोसेक नेपाल

Feb Tue 2020 05:40:58

437 views

एटिएम फ्रड र सुरक्षा बारेमा जनचेतना अभियानमा इन्फोसेक नेपाल

नेपालमा पछिल्लो समय नक्कली एटिएम कार्डबाट पैसा चोरिने घटनाहरु बढ्दै गएको छ । यसरी एटीएम फ्रडका घटनाहरु एक पछि अर्को गरी बढ्दै जाँदा व्यक्तिगत सूचना र बित्तिय डाटाहरुमा ह्याकरहरुको पहुँच सहज बन्दै जानुले नेपालमा साइवर सुरक्षाको ठूलो जोखिम देखिएको छ । यसै कुरालाई मध्यनजर गरेर इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम इन्फोसेक नेपालले साइवर सचेतना अभियान सञ्चालन गरिरहेको छ । साइवर सचेतना अभियान अन्तर्गत २०७४ भाद्र २९ गते भक्तपुरको गठ्ठाघरस्थित स्वस्तिक कलेजमा १ दिने एटिएम फ्रड र सुरक्षा बारेको चेतनामुलक कार्यक्रम इन्फोसेक नेपालले सम्पन्न गरेको छ । कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष विक्रम श्रेष्ठले एटिएम फ्रडका विभिन्न अबस्थाहरु बारेमा जानकारी गराए ।

साथै कार्यक्रममा एटिएम फ्रड के हो र कसरी हुन्छ ? नेपालमा कानूनी अवस्था कस्तो छ, कस्ता सेक्युरिटी पूर्वाधारहरु अपनाइनुपर्छ ? प्रयोगकर्ता कसरी सचेत रहने आदि बारेको जानकारी दिइएको थियो ।

पछिल्लो दशकमा नेपालमा एटीएमको प्रयोगकर्ता ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले १ हजारभन्दा बढी एटीएम मेसिन सञ्चालनमा ल्याएका छन् । ४६ लाखभन्दा बढी डेबिट कार्ड, ५२ हजार भन्दा बढी क्रेडिट कार्ड तथा ८२ हजारभन्दा बढी प्रिपेड कार्ड जारी गरिसकेका छन् ।

कार्यक्रममा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष चिरन्जिवी अधिकारीले यस्तो सचेतना कार्यक्रम आगामी दिनमा पनि गर्ने भन्दै सूचना प्रविधिको सुरक्षामा ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?