Breaking News

आइफोन–८ को फेसियल रिकग्जिनेसन’, र ‘थ्रीडी सेन्सर’ ‘फिङ्गरप्रिन्ट विशेषता, मूल्य १२ सय डलर

Feb Tue 2020 05:40:59

438 views

आइफोन–८ को फेसियल रिकग्जिनेसन’, र ‘थ्रीडी सेन्सर’ ‘फिङ्गरप्रिन्ट विशेषता, मूल्य १२ सय डलर

आइफोन–८ को  अधिकतम मूल्य हो, १२ सय डलर ।अमेरिकी पत्रिका फोर्ब्सका अनुसार नयाँ आइफोनको बिन्यास र मूल्यका लागि विभिन्न विकल्पहरु भएको अवस्थामा थ्री स्टोरेज अप्सन र चर्को मूल्य लगभग निश्चित भइसकेको छ ।

अहिलेसम्मका रिपोर्टहरु अनुसार आइफोन ८ को इन्ट्री लेभल ६४ जीबी मोडलको मूल्य करबाहेक ९ सय ९९ डलर पर्ने छ । यस्तै मध्यमस्तरको २५६ जीबी मोडलको मूल्य १ हजार ९९ डलर र सबैभन्दा उच्च कोटीको ५ सय १२ जीवी मोडलको मूल्य ११ सय ९९ सय डलर राखिएको छ ।

आइफोन–८’ मा के छन् विशेषता ?

एप्पलल आइफोन–८ मा ‘फेसियल रिकग्जिनेसन’, र ‘थ्रीडी सेन्सर’ सहितको ‘फिङ्गरप्रिन्ट’को सुविधा रहनेछन् । पहिलाभन्दा आइफोनको मोबाइल सेटको सुरक्षा अझ बलियो हुने बताइएको छ । साथै ‘आइफोन–८’बाट ‘थ्रीडी सेन्सर’सहित ‘लेजर फोटो’ खिच्न सकिने जनाइएको छ ।

साथै ‘आइफोन–८’ मा वायरलेस चार्जिङ र छोटो समयमै चार्ज गर्न सकिने ‘सी यूएसबी’को सुविधासमेत रहनेछ । यो सेटमा डिजिटल अडियो, वाटरप्रुफ, एप्पल्स नेक्स्ट जेनेरेसन प्रोसेसर ए–१० एक्स तथा ए–११’ प्रयोग हुने बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ‘आइफोन–८’ को मूल्य करिब ९०० देखि १२०० अमेरिकी डलरको बीचमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?