सातौ वार्षिकोत्सव समारोहमा पर्यटन क्षेत्रको विकास बिस्तार र प्रबद्र्धनमा सूचना सञ्चार प्रविधिको भूमिका विषयक अन्तरक्रियाका साथै आइसिटी सम्मान कार्यक्रमलाई भव्य र सफल बनाउनका लागि संस्थाले आइसिटी सरोकारवाला निकाय, संघ संस्था, व्यक्ति र पत्रकारहरुलाई हार्दिक अपिल गरेको छ । उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपाल सरकारको सूचना सञ्चार मन्त्री, पर्यटन मन्त्री विज्ञान तथा प्रविधि मन्त्रालयका सचीव, पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रका संघ संस्थाको प्रमुख एवं पर्यटन व्यवसायीहरु र आइटी संघ संस्थाका प्रमुखहरुको विशेष सहभागीता रहनेछ ।