Breaking News

WICT को डिजिटल वित्तीय साक्षरता मार्फत महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Mar Sun 2021 06:36:05

1358 views

WICT को डिजिटल वित्तीय साक्षरता मार्फत महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

CAN Federation, WICT Committee ले बाग्लुङग समाज कल्यान केन्द्र महिला समुहको सहयोगमा एक दिने डिजिटल वित्तीय साक्षरता मार्फत ("Women Empowerment through Digital Financial Literacy" ) महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिला कंसाकार कार्कीको अध्यक्ष्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा Panel member मा Ms. Nikita Bhandari Thapa, Head of TransactionBanking, Global IME Bank, Ms. Anita Shrestha Branch Manager, Hattigauda Branch,  Nabil Bank, Ms Mingma Sherpa, Business Development Officer, Prabhu Pay साथै अन्य अन्य व्यक्तित्वहरुको उपस्थित रहेको थियो । WICT Committee का सल्लाहाकारहरू Ms. Shikha Shrestha, Ms. Roja Kiran Basukala को पनि उपिस्थत रहेको थियो ।

यो कार्यक्रम धौलागिरि बचत सहकारी हल काठमाडौंको सहकार्यमा करिब ४० देखि ५५ जनाको सहभागितामा रहेको थियो। कार्यशालाको उद्देश्य डिजिटल वित्तीय ज्ञानको महत्त्व र त्यहाँ उपस्थित महिलाको आर्थिक र डिजिटल वित्तीय ज्ञानको साथ महिला सशक्तीकरण गर्ने तरिकाहरू साझा गर्नु थियो। बागलुगं समाज कल्याण केन्द्र महिला सामूहका ४० देखि ६०  वर्ष उमेर समूहका सदस्य थिए। कार्यक्रम अन्तर्क्रियात्मक थियो र सामान्य डिजिटल वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले गरिएको थियो ।

डिजिटल वित्तिय साक्षरताले महिलालाई कसरी अगाडि बढाउन सकिन्छ र यसको उपयोगिता बारे दिव्यतारा शाक्यले बर्णन गर्नु भयो कार्यक्रममा रिना श्रेष्ठ,अदिप्ति गुप्ता, सम्पन्न श्रेष्ठ ,सावित्री बस्नेत लगायतका WICT कमिति सदस्यहरुको उपस्थित रहेको थियो ।

सहभागीहरुले कार्यक्रम आवश्यकता भएका महिलाहरुको लागि भएको भन्दै खुशी व्यक्त गरेका थिए। साथै होली पर्वको शुभकामना पनि कार्यक्रममा आदान प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?