Breaking News

काठमाडौं महानगर वडा नम्बर ३ मा साईबर अपराध न्यूनीकरण सम्बन्धी चेतनामुलक कार्यक्रम आयोजना

Apr Sat 2022 10:54:39

443 views

काठमाडौं महानगर वडा नम्बर ३  मा साईबर अपराध न्यूनीकरण सम्बन्धी चेतनामुलक कार्यक्रम आयोजना

साईबर अपराध न्यूनीकरण सम्बन्धि एक दिने प्रशिक्षण काठमाडौँ महानगरपालिका को वडा नम्बर ३ मा सम्पन्न भएको छ। आईसीटी पत्रकार विकास मन्च तथा सीएसआई टेक इन्स्च्यिुटको संयुक्त आयोजनामा वडा नम्बर ३ मा साईबर अपराध बिरुद्धको जनचेतनामुलक एक दिने प्रशिक्षण सम्पन्न भएको छ। ईन्जिनियर कुमार पुडासैनी श्रोत व्यक्ति रहनु भएको कार्यक्रममा नेपाल प्रहरीका पूर्व आइजीपि सर्बेन्द्र खनाल सहित वडाका अध्यक्ष दिपक केसी, नेकपा एमालेका बागमती प्रदेश कमिटि सदस्य उत्तम अधिकारि , वडाका अन्य पधाधिकारी , कर्मचारी, वडामा रहेका विभिन्न विद्यालयका प्रतिनिधि शिक्षकहरु तथा वडामा कार्यरत स्वंसेविका हरुको समेत उपस्थिति थियो। कार्यक्रमलाई सभ्य त उपलब्धिमुलक तबरले सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक सस्था आईसीटी पत्रकार विकास मन्चका महासचिब भोला तिमल्सिनाले धन्यबाद दिनुभयो।

सूचना प्रविधिको ज्ञान, साइवर सुरक्षा अभियान भन्ने मुल नाराका साथ साइवर अपराध बिरुद्धको जनतेतनामुलक कार्यक्रम आइसिटी पत्रकार विकास मञ्चले मिडिया अभियानको रुपमा सञ्चालन गर्दै आएको छ । साइवर अपराध बिरद्धको जनचेतनामुलक कार्यक्रमको लक्षित क्षेत्रहरुमा सरकारी तथा नीजि क्षेत्रका स्थानीय तह, नगरपालिका, वडा स्कूल कलेज, बैंक तथा बित्तिय संघ संस्थाहरु तथा क्लव र समुदायहरु रहेका छन् । त्यस्तै लक्षित वर्गमा सरकारी तथा नीजि क्षेत्रका कर्मचारीहरु, बिद्यार्थी, पत्रकार तथा युवा युवतीहरु रहेको संस्थाले जनाएको छ ।

सूचना प्रविधिको ज्ञान, साइवर सुरक्षा अभियान भन्ने मुल नाराका साथ साइवर अपराध बिरुद्धको जनतेतनामुलक कार्यक्रम आइसिटी पत्रकार विकास मञ्चले मिडिया अभियानको रुपमा सञ्चालन गर्दै आएको छ ।


साइवर अपराध बिरद्धको जनचेतनामुलक कार्यक्रमको लक्षित क्षेत्रहरुमा सरकारी तथा नीजि क्षेत्रका स्थानीय तह, नगरपालिका, वडा स्कूल कलेज, बैंक तथा बित्तिय संघ संस्थाहरु तथा क्लव र समुदायहरु रहेका छन् । त्यस्तै लक्षित वर्गमा सरकारी तथा नीजि क्षेत्रका कर्मचारीहरु, बिद्यार्थी, पत्रकार तथा युवा युवतीहरु रहेको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?